Tuesday, August 17, 2010

अरिङ्गालले चिलेर बालकको मृत्यु

स्याङ्जा, १ भदौ । स्याङ्जाको वालिङ नगरपालिका-११ जामुनेका १३ वर्षीय अर्पण थापाको अरिङ्गालले चिलेर मृत्यु भएको छ ।

वालिङ-११ स्थित उपल्लो पेखु माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थापाको पोखरास्थित चरक अस्पतालमा उपचार हुँदाहुँदै मंगलबार बिहान मृत्यु भएको विद्यालयका प्रधानाध्यापक प्रेमराज लुइँटेलले जानकारी दिनुभयो ।

प्रेस युनियन स्याङ्जाको अध्यक्षमा सिग्देल

(लोकनाथ मरासिनी), भदौ १ स्याङ्जा -नेपाल प्रेस युनियन स्याङ्जाको छैटौ जिल्ला अधिवेशन श्री कृष्ण सिग्देलको अध्यक्षतामा ११ सदस्यीय नयँ कार्य समिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले उपाध्यक्षमा टिकाराम अधिकारी सचिवमा राधाकृष्ण डुम्रे सहसचिमा छविलाल गैह्रे कोषध्यक्षमा भवानि अधिकारीलाई चयन गरेको छ ।

सदस्यहरुमा राजन पौडेल किसान गुरुङ् दिलिपा श्री अधिकारी बुद्धिसागर गौह्रे हरिबल्भ पाठक र विवेक अर्याललाई चयन गरेको छ । सम्पन्न अधिवेशनले केन्द्रिय प्रतिनिधिहरुमा अध्यक्ष श्रीकृष्ण सिग्देल पदेनो सदस्य रहने गरी ओमप्रकाश शर्मा प्रेमराज पौडेल इन्द्रबहादुर गोदार प्रकाश डोटेल सुरेन्द्र गौडेल प्रदिप कोइरला राधाकृष्ण डुम्रे भवानि अधिकारी जानु पंगेनि अमृत अर्याल र तरुण पौडेललाई चयन गरेको छ ।
भित्र पस्नुहोस