Wednesday, March 18, 2009

कालीगण्डकी पुल जीर्ण

स्याङ्जा, चैत ५ - नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना निर्माण गर्दा कालीगण्डकीमा बनाइएको पक्की पुल संरक्षण अभावमा जीर्ण बन्दै गएको छ ।
श्रीकृष्णगण्डकी गाविस-९, मिर्मीमा कालिगण्डकी 'ए' जलविद्युत् परियोजना निर्माणका लागि सामग्री ढुवानीका लागि बनाएको पुल सम्बन्धित निकायले चासो नदिँदा खतरा अवस्थामा पुगेको हो ।
भित्र पस्नुहोस

जिप दुर्घटनामा एकको मृत्यु

स्याङ्जा, चैत ५ - तीनदोबाटे गाविसको बाँयटारीबाट सिर्सेकोट जाँदै गरेको जिप मंगलबार राति सिर्सेकोट-८ धनमुडामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा जिप चलाइरहेका त्यसका धनी चण्डीराज डुम्रेको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेहरूमा सिर्सेकोट-४ का तिक्मा गुरुङ र तार्खु गुरुङ छन् । उनीहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको वडा प्रहरी कार्यालयले बताएको छ । कान्तिपुर

तरुण नेता मृत फेला

स्याङ्जा, चैत ५ - नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष बाबुराम पौडेल बुधबार मृत भेटिएका छन् । पौडेल नेपाली कांग्रेस विचारी चौतार गाउँ इकाई सभापतिसमेत हुन् । विचारी चौतारा-६ स्थित आफ्नै घरनजिकको साउँडाँडा भीरको ८० फिट तल खेतमा बुधबार उनलाई मृत देखेर बच्चाहरूले परिवारलाई खबर गरेका थिए । पौडेलको भीरबाट खसेर मृत्यु भएको आशंका गरिएको छ । कांग्रेसले उनको हत्या भएको हुन सक्ने आशंका गर्दै निष्पक्ष छानबिनको माग गरेको छ । मृतकको जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको छ । पौडेलको शवमा कांग्रेस नेतासहित शुभेच्छुकहरूले श्रद्धाञ्जलि अर्पण गरेका थिए । पौडेलको शवमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य इन्द्रबहादुर गुरुङ र स्याङ्जाका पार्टी सभापति खगेन्द्रराज रेग्मीले पार्टीको झन्डा ओढाएका थिए । कान्तिपुर