Wednesday, July 7, 2010

६० वर्ष पुगेका सक्रिय कृषकलाई पेन्सनको व्यवस्था गर्न सरकारसँग माग

प्रकाश डोटेल

स्याङ्जा, २२ असार ।
       आफुहरु बुढेसकालमा कृषि पेशाकै कारण अपहेलित हुन परेको भन्दै यहाँका कृषकले पेन्सन पाउँन पर्ने माग राखेका छन् । कृषि विकास कार्यलयले आयोजना गरेको धान बालिको योजना तर्जुमा कार्यक्रममा उनीहरुले ६० वर्ष पुगेका सक्रिय कृषकलाई सरकारले पेन्सनको व्यवस्था गर्न माग राखेका हुन् ।
सरकारी कर्मचारीले सिमित घण्टा काम गरेवापत तलव र बृद्ध हुँदा पेन्सन पाउँने तर कृषकले दिनरात नभनि खटिदा पनि सरकार, परिवार र समाजबाट अपहेलित हुन परेको दुखेसो सहभागीले कृषकहरुले पोखेका थिए ।
भित्र पस्नुहोस

स्याङजाका गाविस सचिवहरुद्वारा राजिनामा

      २३ असार, स्याङजा । सुरक्षाको कारण देखाउँदै स्याङ्जाका ६० गाविसमा कार्यरत ५० जना गाविस सचिवहरुले बुधबार सामुहिक राजिनामा दिएका छन् ।

यथाशिघ्र राजिनामा नदिए भौतिक कारवाहि गर्ने संयुक्त जातिय मुक्ति मोर्चाको धम्की आइरहेको र सरकारले सुरक्षाको प्रत्याभुति दिन नसकेकोले भन्दै गाविस सचिवहरुले सामुहिक राजीनामा दिएका हुन् ।
राजिनामा दिनुअघि सचिवहरुको मागका विषयमा छलफल गर्न प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद ओली, स्थानिय विकास अधिकारी दिर्घनारायण पौडेल, प्रहरी नायव उपरिक्षक उत्तमराज सुवेदी लगायतको उपस्थितिमा बसेको बैठक ठोस निष्कर्षमा पुग्न नसकेपछि सचिवहरुले राजिनामा दिएको जनाएका छन् ।
यसअगाडि देशका डेढ दर्जन गाविसका सचिवहरुले पनि मोर्चाको धम्किलाई कारण बनाउँदै सामुहिक राजिनामा दिएका छन् । यद्यपी उनिहरुको राजिनामा स्वीकृत भएको छैन ।