Saturday, May 8, 2010

युवा समुहविच आज झडप हुदाँ २ जना गम्भिर घाइते

      स्याङ्जाको पुतलिबजार नगरपालिका वडा नं. ३ ढडुवामा दुई युवा समुहविच आज झडप हुदाँ २ जना गम्भिर घाइते भएको छन् । स्थानिय आशीष र अशोकको आक्रमण बाट स्थानिय डम्बर मल्ल र किरण मल्ल गम्भिर घाइते भएको जिल्ल प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ । झडपमा घाइते भएका दुवैको स्याङ्जा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि अहिले पोखराको पश्मिाञ्चल अस्पतालमा लगिएको छ । झडप पुरानो रिसीविका कारणले भएको र अहिले दोषि फरार रहेको समेत जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ ।

स्याङ्जा एफ. एफ. ८९.६ मेगाहर्ज ५००वाट

गाई काटेर मासु खाएको अभियोगमा २ जना नियन्त्रणमा

         स्याङ्जाको जगत्रदेवी गाविस वडा नं ८ लल्याङमा गाई काटेर मासु खाएको अभियोगमा गल्याङ प्रहरी चौकीले २ जनालाई नियन्त्रणमा लिएको छ । पेल्काचौर घर भएका बलबहादुर नेपाली र गुल्मी घर भएका भीमबहादुरलाई प्रहरीले पक्रेको हो । गाई काटेर खाएको खबर पाउनासाथै गल्याङ् प्रहरीले घटनाको अनुसन्धान गर्दा रगतका छिटा र लादीहरु फालिएको भेटेपछि २ जनालाई सवुत प्रमाणसहित पक्राउ गरेको हो । पछिल्लो केही दिन यता स्याङजामा गाई काट्ने घटना बढेर गएको छ । मंगलबार मात्रै वालिङ नगरपालिका वडा नं ११ माथिल्लो पेखुमा गाई काटेको अभियोगमा प्रहरीले ११ जनालाई पक्रेको थियो । उनीहरुमध्ये ८ जनालाई अझै पनि प्रहरी नियन्त्रणमा राखिएको छ ।

स्याङ्जा एफ. एफ. ८९.६ मेगाहर्ज ५००वाट

बकेट ( फोहोर संकलन गर्ने बाक्स ) वितरण

         स्याङ्जाको ठुलाहाडि गाउँ विकास समिति ९ मा रहेको एक युवाक्लबद्धारा गाउँ लाई सफा राख्ने उद्देश्यले फोहोर संकलनका लागि बकेट ( फोहोर संकलन गर्ने बाक्स ) वितरण गरेको छ । लामो समयदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको ठुहाहाडि गाविस ९ मा रहेको नवदिप युवक्लबको सक्रियतामा सो बकेट वितरण कार्य सम्पन्न गरीएको हो । ठुलाहाडि ८ र ९ मा गरी कुल १५० ओटा बकेटहरु वितरण गरीएको छ । क्लबको आफनै आन्तरीक स्रोतबाट सो बकेट वितरण गरीएको क्लबका अध्यक्ष नविन आलले स्याङ्जा एफ.एमलाई जानकारी दिनुभएको छ ।

स्याङ्जा एफ. एफ. ८९.६ मेगाहर्ज ५००वाट