Sunday, July 4, 2010

स्याङ्जामा डुबानको खतरा

         २१ असार, स्याङ्जा । स्याङ्जाको रापाकोट-८ मा आज बिहान गएको पहिरोका कारण दरौ खोला थुनिदा अर्जुनचौपारी बजार डुबानको खतरामा परेको छ । अर्जुनचौपारी बजारदेखि सिमलचौर जाने बाटोमा रहेको डाँडा विहान तीन बजे भत्किदा दरौखोला थुनिएको हो ।

खोला थुनिदा बनेको बाँध फुट्दा अर्जुन चौपारी, नब्बे, हेलु लगायतका बजार डुबानमा पर्ने स्थानियले बताएका छन् । पहिरो खस्ने क्रम जारी रहेको र पहिरोले बनेको बाँध फुटेमा एक हजार घर परिवार बिस्थापित हुने स्थानिय बासिन्दा खडानन्द पौडेलले बताउनुभयो ।
पहिरो गएको डाँडामा हालै मात्र अर्जुनचौपारी-पञ्चमुल मोटरबाटो खन्न सुरु गरिएको छ । मोटरबाटो खनिदा त्यस स्थानमा रहेको पुराना संरचना भत्किदा पहिरो गएको बताइएको छ ।