Friday, May 28, 2010

पहिरोमा पुरिएर तीन बालकको मृत्यु

           १५ जेठ, स्याङ्जा । स्याङ्जाको बानेथोक देउराली गाविस-७ स्थित सामादी खोलामा पौडी खेल्दै गरेका तीनजना स्कुले बालकको माथीबाट खसेको पहिरोमा पुरीएर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय १४ वर्षीय कृष्ण परीयार, १३ वर्षीय पुरुषोत्तम रिजाल र ११ वर्षीय अनिल काफ्ले छन् ।

गाईवस्तु चराउन गएका उनीहरु हिँजो बेलुका खोलामा पौडी खेल्दै गर्दा पहिरोमा च्यापिएका थिए । राति अबेरसम्म बालकहरु घर नफर्के पछि आफन्तहरुले खोजि गर्दा उनीहरुलाई मृत अवस्थामा फेला पारेका थिए ।