स्याङ्जा, जेष्ठ ७ - एमाले महासचिव ईश्वर पोखरेलले माओवादीका लडाकु ठेगान नलागेसम्म शान्ति प्रक्रिया टुङ्गोमा नपुग्ने र संविधान जारी नहुने बताएका छन् । जिल्ला युवा संघ स्याङ्जाको आठौं जिल्ला सम्मेलनलाई शुक्रवार गल्याङ्गमा सम्बोधन गर्दै पोखरेलले उक्त कुरा बताएका हुन् ।
समानान्तर बन्दुक र सैन्य संरचना रहेसम्म संविधान बन्न नसक्ने बताउँदै पोखरेलले भने 'जबसम्म शिविर खाली हुँदैन र लडाकुको हातमा बन्दुक हुन्छ, तबसम्म संविधान बन्दैन ।' जनताले चाहेको शान्ति स्थापना र लडाकु नागरिक जनता भए आफ्नो पार्टी सहमतीको लागि बाधक नभएको उल्लेख गर्दै उनले भने 'कन्टेनरमा हतियार थन्काएपनि लडाकुका हात-हातमा हतियार छन् । जबसम्म ती हतियार नष्ट गरिंदैन, तबसम्म शान्ति प्रक्रिया टुङ्गोमा पुग्दैन ।'
भित्र पस्नुहोस