Saturday, September 4, 2010

पहिरोले राजमार्ग अवरुद्ध

प्रकाश डोटेल स्याङ्जा-
        केहिदिन देखि अविरल रुपमा परेको वर्षाका कारण शनिबार विहान आएको पहिरोले स्याङ्जा पाल्पा अर्न्तगत सिर्द्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जाको जगत्रदेवी गाउँ विकास समिति वडा नं. ८ को बटुवा भन्ने स्थानमा सडकको माथिल्लो भागबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । पहिरोमा लु १ ख ४५९० नम्बरको ट्रक पुरिएको छ ।

स्याङ्जाबाट बुटवल तर्फजादै गरेको मालबहाक ट्रक अकस्मात पहिरोमा पुरिएको गल्याङ् प्रहरीले जनाएको छ । ट्रकका चालक र सह-चालक भने बाच्न सफल भएका छन् । सडक डिभिजन कार्यालय पाल्पाबाट पहिरो हटाउन डोजर पठाइएको बताइएको छ ।

स्याङ्जाको भाने–ओढार नेपालकै नमुना प्याराग्लाईडिङ् क्षेत्र

प्रकाश डोटेल स्याङ्जा–१८,
      भदौंविश्वमा प्राकृतिक स्रोत र साधनले भरपुर उत्कृष्ट देश मध्ये नेपाल एक हो। प्राकृतिकले दिएको उपहारलाई नजिकबाट नियाल्न र मनोरञ्जन गर्ने उद्देश्यका साथ विश्वका प्राकृतिक प्रेमी नागरिकहरु वर्षेनी नेपाल आउने क्रममा तिव्रता आएको छ। त्यहि तिव्रतालाई निरन्तरता दिनका लागि थप प्राकृतिक आकर्षक क्षेत्रको पहिचानमा लाग्नुपर्ने आम नेपालीको आवश्यकता भएको छ।

विकसित र धनी राष्ट्रका नागरिकहरु खास गरि अमेरिकन तथा युरोपेली नागरिकहरु प्याराग्लाईडिङ खेल्नमा विशेष रुची राख्ने गर्दछन्। प्राकृतिक स्रोत र साधन भरपुर भएपनि नेपालमा हालसम्म प्याराग्लाईडिङका लागि कास्कीको सराङ्कोट क्षेत्रले मात्रै मान्यता पाएको छ। प्याराग्लाईडिङ खेल्ने क्षेत्रको सम्भाव्यता अध्ययन गर्नु जरुरी पनि भएको छ। नेपाल सरकारले समयमै ध्यान दिनसक्ने हो भने पर्यटकका लागि स्याङ्जा जिल्लाको खिलुङ्–देउराली गाउं विकास समितिको भाने–ओढार प्याराग्लाईडिङको लागि सम्भावित क्षेत्र बनेको छ।
भित्र पस्नुहोस