Wednesday, October 27, 2010

डुबेर एक बालकको मृत्यु

प्रकाश डोटेल स्याङ्जा–११ कार्त्तिक
स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका–१३, गैरिजागर स्थित आँधीखोलामा पौडि खेल्दा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। स्थानिय बर्ष १४ का संदिप बिकको खोलामा पौडि खेल्ने क्रममा मृत्यु भएको हो। मंगलबार घरबाट नुवाउन निस्केका बिकको खोजी गर्ने क्रममा बुघबार आधिँखोलामा लास भेटिएको हो। बिकको लास पोष्ट मार्टमको लागि स्याङ्जा जिल्ला अस्पताल पुराइएको प्रहरीले बताएको छ।

सबै एकल महिलाले सहायता भत्ता पाउनुपर्ने माग


लोकनाथ मरासिनी स्याङ्जा १० कार्तिक
स्याङजाको चापाकोटमा भएको महिलाहरुको भेलाले आफ्नो पति गुमाएका सबै एकल महिलालाई सरकारले सहायता भत्ता दिनुपर्ने माग गरेको छ। सरकारले उमेरको हदबन्दी लगाउँदै ६० वर्ष पुगेका एकल महिलाहरुलाई मात्र मामजिक सुरक्षा कार्यक्रम अन्तर्गत एकल महिलाहरुलाई मात्र सहायता भत्ता दिने व्यवस्था गरेको छ। एकल महिला नागरिकको हकहित र अधिकारबारे आवाज उठाउने उद्देश्यले स्याङजाको चापाकोटमा भएको एकल महिलाहरुले भेलाले अब बन्ने नयाँ संविधानमा एकल महिलाहरुको हकअधिकार र कर्तव्यबारे सुस्पष्ट व्यवस्था हुनपर्ने माग गरेको छ। 
गाविसभरिका ८१ जना एकल महिलाहरुको भेलाले ईश्वरी अर्यालको अध्यक्षतामा ११ सदस्य रहेको चापाकोट एकल महिला समिति पनि गठन गरेको छ |

खुर्सानीले बजार र मुल्य पाएन


प्रकाश डोटेल स्याङ्जा–११ कार्त्तिक
स्याङ्जा जिल्लाका विभिन्न भागमा उत्पादीत खुर्सानी मध्ये अकबरे नामको खुर्सानीले उचित मुल्य पाउन सकेको छैन्। ग्याष्टिकको औषधि हुने विश्वासमा अकबरे खुर्सानी लगाउने कृषकको संख्यामा विगतका वर्षको तुलनामा बढे पनि मुल्य र बजार नपाउँदा कृषक चिन्तित बनेका छन्। औषधिको रुपमा खुर्सानी नै उपयोग हुने भएपछि बढि कृषकले महङगो मुल्यमा खुर्सानी विक्ने आशमा अकबरेको व्यवसायिक खेती नै थालेका थिए। कृषकहरुले जती बुझेर खुर्सानी लगाए त्यति उपभोक्ताले नबुझेको कारण अकबरे खुर्सानीले मुल्य नपाएको बताइएको छ। 
'उपभोक्तमा ज्ञान नभएर हो प्रचारप्रसार नै छैन्।' अकबरे खुर्सानीको विस्तार गर्ने संस्था सिप्रेड अनुसन्धान उपयोग कार्यक्रमका कर्मचारी अर्जुन चौलागाईले बताए। उनले भने, मुल्य बढि भए पनि त्यसको फाईदाका बारेमा आमनागरिकलाई आवश्यक ज्ञान छैन्। 
जिल्लाका दुई नगरपालिका पुतलीबजार र वालिङ सहित फेदीखोला, आरुखर्क, पौवेगौडे, स्वरेक, छाङछाङदी, दहथुम, जगतभञ्ज्याङ लगायतका एक दर्जनभन्दा बढि गाविसका कृषकहरुले अकबरे खुर्सानीको व्यवसायिक खेती गरेका छन्। खुर्सानी उत्पादन हुने नगरपालिका र गाविसकाका कृषकहरुले करिव १ सय ४० रोपनीमा व्यवसायिक अकबरे खुर्सानी लगाएका छन्। प्रति रोपनी जग्गामा सरदर ७ सय किलो फल्ने गरेको कृषकहरुले बताए। उत्पादीत खुर्सानीको मुख्य बजार पोखरा र बुटवल भएको जगतभज्याङ् स्थित पित्लेकका कृषक रामप्रसाद लामिछानेले बताए। उनले भने, 'स्थानिय बजारमा विक्नै मुस्कील छ, बाहिरका बजारमा जादा पनि उचित मुल्य छैन्।
भित्र पस्नुहोस