Friday, June 11, 2010

बाँदर नियन्त्रण गर्न बजेट

स्याङ्जा, जेष्ठ २८ -
   बाँदरबाट अन्नबाली जोगाउन गाउँलेले धेरै उपाय गरे । बाली कुर्ने, बाँदर लखेट्ने गर्दा गाउँले हैरान छन् । खेती सखाप पार्ने क्रम नरोकिएपछि एक गाविसले त बाँदर नियन्त्रण गर्न यो वर्ष १ लाख बजेटसमेत छुट्ट्याएको छ ।
जिल्लाका २ नगरपालिका र धेरै गाविसमा बाँदरले सताएपछि कृषकको अवस्था कहिल्यै नसुधि्रएको वरिष्ठ कृषि विकास अधिकारी चेतनाथ अधिकारीले बताए । गाउँ परिषदले पारित गरेको बजेटले ९ वटै वडामा बाँदरबाट वाली संरक्षण गर्न मालुंगामा ११ जनाको समिति बनाइएको छ । गाविसका बाँसघारी र घर वरपरका ठूला रूख काटेर झाडी हटाइको मालुंगाका गाविस सचिव डोलराज बस्यालले बताए । यसरी खुला बनाएपछि बाँदर हेरालु राख्ने गाउँलेको योजना छ ।
भित्र पस्नुहोस

ठूला दलका अडानले देश दलदलमा फसेको छ -राप्रपा नेपाल नेता गुरुङ

जेष्ठ २७, स्याङ्जा -

ठूला ३ राजनितिक दलका आ-आफ्नै अडानका कारण देश दलदलमा फसेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संसदीय दलका नेता तथा सभासद चन्द्रबहादुर गुरुङले आरोप लगाउनुभएको छ ।
ठुला भनाउदा दलहरु अहिले विदेशीको इसारामा चलिरहेको आरोप लगाउदै ६०१ जना सभासद्को अब कुनै औचित्य नरहेको भन्दै भत्ता खाँदै राष्ट्रलाई आर्थिक भार मात्रै बनाएर नबसेपनि हुने तर्क गर्नुभयो ।
भित्र पस्नुहोस

दुर्घटनामा २ को मृत्यु ३ घाइते

लोकनाथ मरासिनी
स्याङ्जाको ओरष्टेमा बुधबार अपरान्ह भएको यात्रुबहाक जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाइते भएका छन् ।

सदरमुकामस्थित घुम्तीबजारबाट ओरष्टेका लागि छुटेको जीप ओरष्टे गाविस वडा नम्बर ७ पाटनेमा दुर्घटनामा पर्दा सोही ठाउँका १६ बर्षीय मदन थापाको घटनास्थलमै र वर्ष ७ का भोटे थापाको उपचारका क्रममा साँझ मृत्यु भएको हो ।
ग १ ज २३५८ नम्बरको जीप दुर्घटनामा परी घाइते भएका अन्य ३ जनाको पश्मिाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचार भइरहेको छ ।
घाइते हुनेहरुमा ओरष्टे गाविस वडा नं. ७ का वर्ष २१ का सचिन थापा सोही ठाउँका बर्ष १४ का रोशन थापा र वर्ष १३ का रीता थापा रहेको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ ।

नगर अधिवेशनको तयारीमा छलफल

स्याङ्जा जेठ २४
नगर अधिवेशनको पूर्वसन्ध्यामा पुतलीबजार नगरपलिका स्याङ्जाको आयोजनामा हालै एक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

विषयगत निकाय र विभिन्न संस्था तथा पत्रकारका बीचमा भएको अन्तर्क्रियामा आगामी आर्थिक वर्ष २०६७/६८ को योजनामा समन्वय गर्न सकिने लगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा विभिन्न निकायहरुले आगामी आर्थिक वर्ष २०६७÷६८ मा आफ्नो तर्फबाट तयारी गरेका योजनाहरु प्रस्तुत गरेका थिए ।
पुतलीबजार नगरपालिकाको सभाहल प्रगतिनगर स्याङ्जामा सम्पन्न अन्तर्क्रिया कार्यक्रम नगरपालिकाका कार्यकारी अधिकृत हरिराम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । पुतलीबजार नगरपालिकाको आगमी अधेवशन यही जेठ ३० र ३१ गते हुँदैछ ।

दीपकशको अध्यक्षमा पराजुली

स्याङजा जेठ २४
दीपकश बचत तथा ऋण सहकारी संस्था घुम्ती चन्द्रनगर १ स्याङ्जाको प्रथम साधारण सभा सम्पन्न भएको छ । सोमबार सम्पन्न साधारण सभाले यादवराज शर्मा पराजुलीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

नवगठित समितिको उपाध्यक्षमा नन्दा गुरुङ, सचिवमा राजन घिमिरे, कोषध्यक्षमा दीपक श्रेष्ठ तथा सदस्यहरुमा चेतबहादुर पौडेल दिलीपकुमार श्रेष्ठ युवराज शर्मा चित्रबहादुर भुजेल र शान्त शर्मा तिवारी रहनुभएको छ ।
सहकारीका संस्थापक संचालक खेमनारायण शर्मा पराजुली नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा चन्द्रमणि पौडेल टिकाराम पौडेल लगायतले सभामा बोलेका थिए ।