Tuesday, July 13, 2010

स्याङ्जाको आकाशमा प्याराग्लाइडिङ अनुभव

- धनराज गुरुङ (सभासद)


सानोबाबुले पटापट बाँधिदिए । उनी प्याराग्लाइडर थिए । मलाई दौडिनू भने खुरर दौडेको 'फट्फट्फट्' आवाज आयो । एकछिनपछि भुइँमा खुट्टा रहेन । उड्दा उड्दै ढाडमा बाँधेको प्लस्टिकमा हावा भरियो । मेरो वरिपरि टम्म भयॊ । खुट्टा भने चलाइरहेकै थिएँ । सुरुमै कस्सिएर गएको थिएँ । 'टेक अफ' मा त्यति डर लागेन । सबैको गड्गड् तालीले म हौसिएको थिएँ । एकैछिनमा आकाशमा तुर्लुङ्ग झुण्डिए । मथि हेरेँ आकाशै देखिनँ ।
माघ महिनाको चिसोमा हामी स्याङ्जाको खिलुङ देउरालीमा आएका थियौं । गाउँ पूरै शून्य हुने अवस्थामा पुगेका बेला यहाँका युवाहरुको उद्देश्य भने गाउँलाई पर्यटकीय गन्तव्य बनाउनु थियो । प्याराग्लाइडिङ्को पहिलो अनुभव हो मेरो । एकैछिनमा बतासिँदै माथिमाथि पुग्यौं हामी । आफ्ना गाउँघर छर्लङ्ग देखेँ । मन साह्रै रमायो ।
भित्र पस्नुहोस

भानुजयन्तीमा साहित्यकार सम्मानित

(लोकनाथ मरासिनी)

       स्याङ्जा, असार २९ - भानुजयन्तीको अवसर पारेर मंगलबार स्याङ्जा साहित्य प्रतिष्ठानले विभिन्न विधाका साहित्यकारहरुलाई सम्मान गरेको छ । समालोचना विधामा चितवनका पूर्णप्रसाद अधिकारी गायनमा पुरुषोत्तम न्यौपाने तथा छन्द कवितामा लिलाम्बर ढुङ्गानालाई कालिगण्डकी साहित्य कला पुरस्कार अन्तर्गत नगद ५ हजार १ रुपैया र दोसल्ला ओडाई सम्मान गरिएको हो ।
साहित्यकार देविप्रसाद वनबासीद्वारा आमाको नाममा स्थापना गरिएको तिलाकुमारी साहित्य पुरस्कारबाट स्याङ्जाली साहित्यकार गंगा पौडेल र लेखनाथ काफ्लेलाई सम्मान गरिएको हो । तिलाकुमारी साहित्य पुरस्कार प्राप्त गर्नेलाई नगद २ हजार ५ सय र सम्मान पत्र प्रदान गरिएको थियो ।
भित्र पस्नुहोस

स्याङ्जा र गुल्मी जोड्ने बेलीब्रीज पुल जिर्ण

(लोकनाथ मरासिनी)

     असार, स्याङ्जा २९ - स्याङजा जिल्लाको कृष्णगण्डकी मीर्मीदेखि गुल्मीको हर्मीचौर जोड्ने एकमात्र बेलीबि्रज पुल दिनहँजसो जिर्ण बन्दै गैरहेको छ । स्याङ्जा र गुल्मीका सर्वसाधारणहरुलाई सर्वसुलभ हुनेगरि कालीगण्डकी 'ए' परियोजना सँगै निर्माण गरिएको उक्त पुल जिर्ण बन्दै गएपछि स्थानियवासी चिन्तित भएका छन् । पुल निर्माणपछि आवत जावतमा सजिलोका साथै स्याङ्जा र गुल्मीको सम्वन्ध समेत राम्रो बनेको छ ।
भित्र पस्नुहोस