Monday, February 16, 2009

डम्पिङसाइट बनेको छ स्वास्थ्य कार्यालय

स्याङ्जा : स्याङ्जाको जिल्ला स्वास्थ्य कार्यालय बजारबासीको डम्पिङसाइट बनेको छ । स्याङ्जाबजारका बासिन्दाका घरबाट निस्कने फोहोर र फोहोर पानी स्वास्थ्य कार्यालयको अगाडी जम्मा हुने गरेको छ । नगरको ढल फुटेर स्वास्थ्य कार्यालयको ढोकैबाट बग्छ । कार्यालय आउने कर्मचारीदेखि सेवाग्राहीसम्म फोहोरको प्रदूषणबाट पीडित छन् । र्सवसाधारण नाक छोपेर ओहोर दोहोर गर्न बाध्य छन् तर फोहोर र ढल व्यवस्थापन गर्नेतर्फन नगरपालिकाको चासो देखाएको छ न जिल्ला स्वास्थ्य कार्यालयले । जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सक शंकरध्वज कार्कीले फोहोर व्यवस्थापन गर्न नगरपालिकासंग पटकपटक आग्रह गर्दा पनि चासो नदेखाएको बताए । सौगात होटेलका सञ्चालक रमेश श्रेष्ठ होटेलको आगनबाट स्वास्थ्य कार्यालयतर्फबगेको फोहोर पानीले होटेलमा आउने ग्राहक समेत प्रभावित हुने गरेको बताए । चक्काजाम र घेराउ नगरेसम्म जनताको न प्रशासनले सुन्छ, नगरपालिकाले, उनले टिप्पणी गरे । लक्ष्मी स्मृति सामुदायिक पुस्तकालयको छेवैबाट ढल र पानीका पाइप फुटेर बगेको फोहोरपानीले गर्दा र्सवसाधारण मर्कामा छन् । होटेल, पसल र स्थानीयवासीले प्रयोग गरेर फालेको पानी समेत उक्त ठाउँमा आएर थिग्रिएर बसेको देखिन्छ । वर्षा हिउँद सँधै एकैनास हिलाम्य हुने उक्त ठाउँ सदरमुकाम नजिकै रहेर पनि सरसफाईमा पछिपरेको छ ।स्याङ्जा उद्योग वाणिज्य संघका पूर्वअध्यक्षक कृष्णमान श्रेष्ठले पसलदेखि घरसम्म ओहोर दोहोर गर्ने बाटो पनि त्यही भएकाले सरसफाइका लागि आफूले घेरै पटक प्रशासन , नगरपालिका र स्वास्थ्य कार्यालयलाई आग्रह गरे पनि कुनै सुनवाइ नभएको बताए । जनताको स्वास्थ्य प्रति चिन्ता व्यक्त गर्ने स्वास्थ्य कार्यालय नै बिरामीपरेको र्सवसाधारण बताउँछन् । सिद्धार्थ राजमार्गसंगै जाडिएको पुस्तकालय हुँदै जिल्ला स्वास्थ्य कार्यालयको फोहोर तथा ढल व्यवस्थापनका लागि नगरपालिकाले अविलम्ब पहल गर्नुपर्ने स्थानीय बासिन्दा बताउँछन् । करिब ७० लाख रुपैयाँ खर्चेर तीन तले लक्ष्मी स्मृति सामुदायिक भवन निर्माण सम्पन्न गर्ने पुस्तकालयले पनि हिलाम्य बाटो मर्मत र सम्भार गर्ने तर्फकति चासो राखेको देखिंदैन् । स्रोतः अन्नपूर्ण पोष्ट