Sunday, June 27, 2010

महेन्द्रा जीप दुर्घटनामा दुई घाईते

स्याङ्जा, १२ असार ।

           स्याङ्जा ग्रामीण क्षेत्र किचनास गाउ विकास समिति-७ बाट बिरुवाबजार तर्फ आउदै गरेको महेन्द्रा जीप शनिवार विहान दुर्घटनामा पर्दा दुई जना घाईते भएका छ । घाईते हुनेहरुमा दुर्घटनामा परेको ग १ च ३२२८ नंम्बरको जीपका चालक जसबहादुर राना र सह-चालक खुमानसिंह राना रहेका छन् । चालक रानाको अवस्था गम्भिर रहेको उनको पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भईरहेको छ । सहचालकको स्थानिय अस्पतालमा उपचार भईरहेको छ ।
किचनास गाविस-४ को खिन्देरीको घुम्ती काट्ने क्रममा जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जीप सडकबाट करिव ९० मिटर तल खसेको थियो । जीपमा अन्य यात्रु नभएको बताइएको छ ।
(Pokhara Khabar)

मालेबगर लाई पुन खेल मैदान बनाउन सम्माउदै


भित्र पस्नुहोस