Saturday, June 5, 2010

युवाहरुको झडपमा दुई प्रहरी घाइते

        स्याङ्जा, जेष्ठ २२ - श्रीकृष्ण गण्डकी गाविसस्थित वीरेन्द्र उच्च माबिमा शुक्रबार साँझ आयोजित सांस्कृतिक कार्यक्रममा स्थानिय युवाहरुबीच भएको झडपमा २ जना प्रहरी घाइते भएका छन् ।

स्थानिय प्रगतिशिल युवा क्लबद्वारा आयोजित कार्यक्रममा युवाहरुले मादक पदार्थ सेवन गरि होहल्ला मच्चाएर दुई पक्षका युवाबीच झगडापछि नियन्त्रण गर्न खोज्दा कार्यक्रम हेर्न आएका युवाहरुले प्रहरीतर्फ ढुंगा मुढा गरेपछि स्थिति तनावग्रस्त हुन पुगेको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रण गर्न गएका प्रहरीमाथि नै उनीहरु कुटपिट गरेका थिए ।
भित्र पस्नुहोस