Monday, January 10, 2011

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

प्रकाश डोटेल/स्याङ्जा,२६ पौष
स्याङ्जाको अर्जुनचौपारी गाउँ विकास समिति-३, स्थित माटेथरमा रातोमाटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर गएराती एक महिलाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।
माटोको ढिस्कोले पुरिएर मृत्यु हुनेमा अर्जुनचौपारी गाविस-३ पीपलडाँडा निवासी ४० बर्षिय विष्णु केसी रहेकी छन् । केसीको उपचारका क्रममा पोखरास्थित चरक अस्पतालमा मृत्यु हो ।
ढिस्कोले पुरिदा स्थानिय ४० बर्षिय ढिकुरा रोकाहा गम्भीर घाइते भएको अर्जुनचौपारी प्रहरीचौकीका इन्चार्ज राजेन्द्र वाग्लेले जानकारी दिएका छन् ।

राम्दी-देबघाट जलयात्रा सम्भाव्यता अध्ययन सम्पन्न

प्रकाश डोटेल/स्याङ्जा,२७ पौष
पर्यटन बर्ष२०११ को शुभारम्भसगै कालीगण्डकी नदीको रामनदीधाम(राम्दीघाट)-देबघाट क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्र र जलयात्रा (र्‍याफ्टिङ्ग) को पाँच दिने सम्भाव्यता अध्ययन सम्पन्न भएको छ ।
नदीको जलाशयबाट देखिने उत्तरमा स्याङ्गजा, तनहुँ र दक्षिणमा पाल्पा, नवलपरासीका मनोरम दृश्य, नदी किनारमा रहेका ऐतिहासिक धार्मिक स्थलको दृश्य अबलोकन गर्राई यस क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा बिकसित गर्ने उद्देश्यले कालीगण्डकी रामनदीधाम(राम्दीधाट)-देबघाटसम्मको जलयात्रा (र्‍याफ्टिङ्ग) २०६७ को अध्ययन गरिएको हो ।
जलयात्रा (र्‍याफ्टिङ्ग) टोलीलाई अध्ययन अवधिमा कालीगण्डकी नदी क्षेत्रका करिब दुईदर्जन बढी घाटहरुमा स्थानियबासीले आफ्नो संस्कृति र परम्परा झल्कने कार्यक्रम प्रस्तुत गर्दै स्वागत र विदाई गरेका थिए ।
भित्र पस्नुहोस

पाँच वर्षभत्र स्याङ्जा दुर्व्यासनी मुक्त जिल्ला हुने

प्रकाश डोटेल/स्याङ्जा,२५ पौष
युवा वर्गहरुको जटिल समस्याका रुपमा रहेको दुर्व्यासनीको कुलतमा दिनप्रदिन युवाहरु फस्दै गईरहेको अवस्थामा जिल्ला सदरमुकाम पुतलीबजारमा आयोजित एक कार्यक्रमका वक्ताहरुले आगामी पाँच वर्षभित्रमा स्याङ्जालाई दुर्व्यासनी मुक्त जिल्ला बनाउने प्रतिवद्धता जनाएका छन् ।
जिल्लामा क्रियाशिल युवाहरुको बि-फाईभ समुह स्याङ्जा संस्थाले आयोजना गरेको एच.आई.भी. एड्स तथा दुर्व्यासनी न्युनिकरण र निवारणमा तपाई हाम्रो भुमिका विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले अभियानलाई सफल बनाउने बताएका थिए ।
भित्र पस्नुहोस

अनेरास्ववियुको २ दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

(लोकनाथ मरासिनी)
स्याङ्जा, २५ पौष -  
नेकपा एमले निकटको विद्यार्थि संगठन अनेरास्ववियु स्याङ्जा क्षेत्र नं। २ को २ दिने बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रम वालिङ्मा सम्पन्न भएको छ । कार्यकर्ताहरुलाई बैचारीक हिसाबले अझै शसक्त र जुझारु बनाउने उद्धेश्यले वालिङ् बहुमुखि क्याम्पसमा प्रशिक्षण प्रदान गरीएको अनेरास्ववियु स्याङ्जाले जनाएको छ ।
भित्र पस्नुहोस

एच. आई. भि. संक्रमित प्रति भेदभाव कम गर्ने प्रतिबद्धता

(लोकनाथ मरासिनी)
स्याङ्जा, २५ पौष -  
मालुङ्गा गाउँ विकास समिति स्याङ्जाका स्थानिय अगुवाहरुले एच. आई. भि. प्रभावित तथा संक्रमितहरुप्रति हुने लान्छना तथा भेदभावलाई कम गर्ने सामुहिक प्रतिबद्धता व्यक्त गरेका छन् । स्याङ्जा सपोर्ट ग्रुपको सकरात्मक रोकधाम कार्यक्रम अन्तर्गत मालुङ्गामा आयोजित कार्यक्रममा उनिहरुले सामुहिक प्रतिबद्धता व्यक्त गरेका हुन् ।
भित्र पस्नुहोस