Saturday, March 7, 2009

अस्पताल अनिश्चितकालीन बन्द / अश्रुग्यासबाट नवजात शिशुको मृत्यु

(पोखरा) पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अनिश्चितकालीन बन्द भएको छ। चिकित्सकहरूले बिरामीको उपचार गर्न नसक्ने बताएपछि अस्पताल प्रशासनले सुरक्षाको कारण देखाउँदै अनिश्चितकालीन बन्द गरेको हो। उपचारको क्रममा बालिकाको मृत्यु भएको घटनालाई लिएर पीडित पक्षले अस्पताल तोडफोड गरेपछि चिकित्सकहरूले उपचार गर्न नसक्ने बताएका छन्। ँतोडफोडको अवस्थामा चिकित्सकहरूले बिरामीको उपचार गर्न सक्दैनन्’, क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बुद्धिबहादुर थापाले भन्नुभयो- चिकित्सकको सुरक्षाको ग्यारेन्टी छैन। कसरी उपचार गर्न सकिन्छ -’ अस्पतालमा बिरामीको उपचार नगर्ने बताएपछि क्षेत्रीय अस्पतालमा उपचाररत बिरामीहरू अस्पताल छाड्न बाध्य भएका थिए। अस्पतालका बिरामी सम्पूर्णाले छाडेपछि प्रशासनले अस्पताल बन्द गरेको छ। शनिबार बिहानदेखि पीडित पक्षको भीडले अस्पताल घेराउ गरी इमर्जेन्सी सेवासमेत ठप्प पारेपछि भीडलाई नियन्त्रण गर्न प्रहार गरेको अश्रुग्यासको प्रभावले एक नवजात शिशुको मृत्यु भएको छ भने सुत्केरी महिला बेहोस भएका थिए। प्रहरीले हिर्काएको अश्रुग्यास पीडित पक्षले अस्पताल प्रशासन भवनतर्फफालिदिँदा समस्या उत्पन्न भएको थियो। सुत्केरी महिला र नवजात शिशुलाई अन्यत्र सारिएको भए पनि ग्यासको असरले नवजात शिशुको श्वासप्रश्वासमा समस्या देखिएपछि बच्चा वार्डमा अक्सिजन दिई राखिएको थियो।स्याङ्जा पुतलीबजार नगरपालिका घर भई क्षेत्रीय अस्पतालमा भर्ना भएकी रमादेवी शर्माको तीन दिनको शिशुलाई अक्सिजन दिई मणिपाल शिक्षण अस्पताल लगिएकोमा त्यहीँ उनको मृत्यु भएको थियो।कुकुरले टोकेर रेविजविरुद्धको र्सुइ लगाउन क्षेत्रीय अस्पताल पुगेकी पोखरा- ११ फूलबारीकी ९ वषीया आकृति गुरुङको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो। उक्त घटनालाई लिएर पीडित पक्षले दोस्रो दिन शनिबार अस्पतालका दुवै प्रवेशद्वार बन्द गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।