Saturday, January 1, 2011

असुविधाले पर्यटन व्यवसायीहरुले गाउँ छाडे

सिरुबारी बन्यो होमस्टे तालिम केन्द्र

प्रकाश डोटेल स्याङ्जा–१६, पौष
नेपाल भ्रमण वर्ष १९९८ को अवसरमा तत्कालिन सरकारले घोषणा गरेको नेपालको पहिलो ग्रामीण पर्यटकीय क्षेत्र दरौ सिरुवारीका पर्यटन व्यवसायीहरुले समय अनुशारको सुविधा उपभोग गर्न नपाएपछि आफ्नो पुख्यौली बासस्थानलाई छाड्न बाध्य भएका छन् । पर्यटन वर्ष घोषणाको समयमा पञ्चमुल–४, सिरुबारीका ४५ मध्ये ३१ गुरुङ् घरपरिवारले होमस्टेको तालिम लिएर व्यवसाय संचालनमा ल्याएका थिए । सरकारले कागजी रुपमा मात्रै सिरुबारीलाई पर्यटकीय क्षेत्र घोषणा गरेपनि विकासका विभिन्न कार्यक्रमहरु लागु नगर्दा व्यवसायीहरु सुविधाको खोजीमा शहर तर्फ लाग्न बाध्य भएका हुन् ।
भित्र पस्नुहोस

दुर्घटनामा बृद्ध घाईते

प्रकाश डोटेल स्याङ्जा–१६, पौष
स्याङ्जाको वालिङ्बाट बिरामी लिएर पोखरा तर्फ आईरहेको लु १ ज १६९८ नम्बरको महेन्द्रा जिप पुतलीबजार नगरपालीका–१, बिष्णु पधेरामा दुर्घटना हुदा एक बृद्ध गम्भिर घाइते भएका छन् । दुर्घटनामा परि स्याङ्जा जिल्ला मनकामना गाविस घरभई पोखरा उपमहानगरपालिका रामबजार बस्ने बर्ष ७० का राज बहादुर थापा घाइते भएका हुन् । घाइते थापाको पश्चिमाञ्चल क्षेत्रिय गण्डकी अस्पताल पोखरामा उपचार भैरहेको छ । जिप ब्रेक फेल भई सडकमा पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।