Monday, June 30, 2008

स्याङ्जामा चक्रपथ निर्माण सुरु

स्याङ्जा- भौतिक योजना तथा निर्माण मन्त्रालयको सहयोगमा स्याङ्जामा नारायणस्थान देखी अभियानपथ सम्मको चक्रपथ निर्माण सुरु गरिएको छ/ स्याङ्जाको सदरमुकाम पुतलिबजारको सहिद्चोक देखी घुम्ती, प्रगतिनगर, शिवमन्दिर, नारायणस्थान, कारागार अभियानपथ चौकी,नयाबजार हुँदै सो चक्रपथ चार किलोमिटर लामो रहेको छ नारायणस्थान देखी अभियानपथ जोड्ने झन्डै ५०० मिटर बाँकी छ / यस बर्ष पुलचोक, कारागार, अदालत हुँदै चौपारी सम्म कालोपत्र गरिने र बाँकी नारायणस्थान खन्डको बाटो कटिङ गरी समतल बनाउने योजना रहेको र आगामी बर्षमा निर्माण सम्पन्न गरिने सो कार्यमा संलग्न समाजसेवी रामबन्धु रेग्मिले जानकारी दिए/ साभार राजाधानी साप्ताहिक (चक्रपथ को फोटो चाडैनै यहाँ हरु समक्ष राख्ने छौ)

स्याङ्जाको बारेमा

नेपाल अधिराज्यको पश्चिमाञ्चल विकास क्षेत्र अर्न्तर्गत पर्ने स्याङ्जा जिल्ला एक पहाडि जिल्ला हो । यस जिल्लाको सदरमुकाम ऐतिहासिक बजार स्याङ्जा पुतलीबजार न.पा. अर्न्तर्गत ८५० मिटर उचाईमा रहेको छ । यस जिल्लाका छिमेकी तथा बोर्डर -किल्ला) का रुपमा कास्की, पर्वत, तनहूँ, गुल्मी र पाल्पा जिल्लाहरु रहेका छन् । प्राकृतिक, साँस्कृतिक र मनोरम दृश्यहरुबाट सौन्दर्यित जिल्ला नेपाल एकिकरण पूर्व २४ से राज्य अर्न्तर्गत ६ टुक्रे रजौटामा आफ्नो ऐतिहासिक पहिचान बोकेको थियो । यो जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रको एक प्रमुख जिल्ला हो । यो जिल्ला पाल्पा देखि उत्तर र पोखरा देखि दक्षिणमा पर्छ । नेपालको एकीकरण पूर्वका गह्रौ, भीरकोट, सतौ, नुवाकोट, ढोर र पैयू यी ६ चौबिसे राज्यहरुको समष्टि रुपनै स्याड्जा हो । हाल ढोरको धेरै भाग र पैयू क्रमशः तनहू र पवर्तमा विलय भएका छन्। स्याङ्जा जिल्ला समुन्द्री सतहबाट ३६६ मिटरदेखि २५१२ मिटरसम्मको उचाईमा अवस्थित छ । भौगोलिक विवरण अनुसार कूल ११६४ वर्ग कि.मि. मा फैलिएको यस जिल्ला ८३०, २७० देखि ८४० ४६० पूर्र्वी देशान्तर र २७० ५२० देखि २८० १३० उत्तरी अक्षांशभित्र फैलिएको छ । जिल्लाभित्र ६० वटा गा.वि.स., २ वटा नगरपालिका, ३ वटा निर्वाचन क्षेत्रर १५ वटार् इलाका रहेका छन् । नामाकरण यस जिल्लाको नाम स्याङ्जा रहनुमा विभिन्न कथनहरु पाइएका छन् । तिनीहरुमा निम्न कथनहरु प्रमुख छन् । क) अठारौ शताब्दीतिर आंधीखोला उर्लदै बढेर आएपछि ठेलिएछ । आंधीखोला ठेलिएको देखेर मानिसहरुमा हाहाकार मच्चिन थाल्यो । एक जना सज्जन बृद्धले भगवानलाई पुकार्दै खोलो स्यांइय जा भन्ने कामना गरेछन् । बृद्धको कामना संगै ठेलिएको खोलो स्यांइय सुकेर गएपछि स्यांइय जा को अपभ्रंश भएर स्याङ्जा हुन गए को हो भन्ने भनाई छ । ख) एकीकरण पूर्व सेन वंशीय चौबिसे राज्य अर्न्तर्गत सतौ, गह्रौ, नुवाकोट र भीरकोट राज्यमा विभक्त भै सेन जा भन्दै कालान्तरमा स्याङ्जा नाम रहन गएको भने पनि भनाई छ । ग) यस जिल्लामा सिंजाली मगरहरुको ठूलो बस्ती भएकोले उनीहरुकै थरबाट अपभ्रंश भएर यस जिल्लाको नाम स्याङ्जा रहन गएको हो भन्ने भनाई पनि पाईन्छ । जनसंख्या र सामाजिक बजेट राष्ट्रिय जनगणना २०५८ अनुसार स्याङ्जा जिल्लाको कूल जनसंख्या ३,१७,२११ जना मध्ये पुरुष १,४३,५९२ जना र महिला १,६३,६१४ रहेका छन् । जिल्ला भरी ५९,१८६ घर तथा ६४,८८८ परिवार रहेका र ब्राह्रमण ३२.९%, मगर २१.२%, क्षेत्री ११.२%, गुरुङ् १०%, कामी ६.५%, सार्की ३.२%, दमैं ३.२%, नेवार २.९%, ठकूरी २.७%, र्घर्ति २.२ %, सन्यासी ०.७ %, मुस्लिम ०.६ %, कूमाल ०.३ % र अन्य २.४ % मा विभाजित रहेका छन् । यी विभिन्न जातजातिहरु परापूर्वकालदेखि नै आपसी सौहादर्रता र मित्रता कायम राखि बसोबास गरेका र जातिय विविधता अगाल्दै नेपाली भाषा सबैले बुझ्ने गर्दछन् । हिन्दू ,मुस्लिम र बुद्ध धर्म यहाँको प्रमुख धर्म भएता पनि आ-आफ्नो जातिय दृष्टिकोणबाट धार्मिक सहिष्णुता तथा विविधता पाईन्छ ।