Friday, October 29, 2010

भिरबाट लडेर एकको मृत्यु

स्याङ्जा, कात्तिक १३ । स्याङजाको आरुचौर गाविस वडा ४ का २८ वर्षिय हिराबहादुर विकको भिरबाट लडेर ज्यान गएको छ । विकको घर नजिकै रहेको भिरवाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

माओवादी आक्रमणले कांग्रेस र एमालेका ९ कार्यकर्ता घाइते

स्याङ्जा, कात्तिक १३ स्याङजाको क्याक्मीमा गाविसको संयन्त्र बैठक चलिरहँदा गएराती एकीकृत नेकपा माओवादीका कार्यकर्ताको आक्रमणबाट नेपाली कांग्रेस र नेकपा एमालेका गरी ९ जना घाइते भएका छन्।
विद्युत सम्बन्धी विवाद चलेपछि संयन्त्रको बैठकमा भएको सामान्य भनाभनमा माओवादी कार्यकर्ताले आक्रमण गरेको कांगे्रस र एमालेले बताएका छन् ।
आक्रमणमा परी नेपाली कांग्रेस क्याक्मी गाँउ सभापति राजेन्द्र ठकुरी, एमाले गाँउ कमिटि उपाध्यक्ष नेत्र नारायण मानन्धर सहित कांग्रेसका देव कुमार मानन्धर, रामनाथ शर्मा, बलीभद्र पौडेल, बलबहादुर विक त्यस्तै एमालेका कृष्णप्रसाद सुवेदी, विष्णुवहादुर चन्द रहेका छन् ।
भित्र पस्नुहोस

क्याक्मी महोत्सव सम्पन्न ११ लाख बढिको कारोबार

(लोकनाथ मरासिनी) स्याङ्जा, कार्तिक ११ - स्याङ्जाको क्याक्मीमा आयेाजना गरिएको क्याक्मी महोत्सवमा ११ लाख ६४ हजार ३ सय ५४ बराबरको कारोबार भएको छ ।
'स्याङ्गजा जिल्लाको रमणिय गाउष स्वास्थ्य चौकी निमार्णमा सहयोग पुर्‍याऊ क्याक्मी महोत्सब २०६७ हेर्न जाऊ भन्ने नाराका साथ कार्तिक १ गतेदेखि ५ गतेसम्म क्याक्मीको दग्दीबजारमा महोत्सव सञ्चालन भएको थियो ।
 स्याङ्जा सदरमुकामबाट करिब ४५ किलोमिटर दक्षिणमा पर्ने क्याक्मीमा स्वास्थ्य चौकी साचालनमा सहयोग पुर्याउने उद्येश्यले महोत्सव सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
भित्र पस्नुहोस