Sunday, September 26, 2010

भ्वाइस अफ शिशु निकेतनको उपाधि हसिना बेगमलाई

(लोकनाथ मरासिनी)
असोज ६, स्याङ्जा । विद्यार्थिहरु भित्र रहेको गायन कलाको प्रष्फुटन गर्ने उद्देश्यले शिशु निकेतन बोर्डिङ स्कुलमा संचालित भ्वाइस अफ शिशु निकेतनको उपाधि हसिना बेगमले जित्न सफल भएकी छन् । विद्यालय भित्रकै विद्यार्थिहरु बिच भएको आन्तरीक प्रतिस्पर्धामा सहभागि २४ जनालाई पछि पार्दै बेगम भ्वाइस अफ शिशु निकेतन हुन सफल हुनु भएको हो । फाइनल प्रतिस्पर्धामा कक्षा १० मा अध्यानरत बेगमले कक्षा ८ का पार्वति शाहिलाई पछि पार्दा शाहि उपबेजेतामा सिमित हुनुभएको छ ।  त्यस्तै प्रतियोगितामा फस्ट रनर अफ आशिस पोखरेल र सेकेन्ड रनर अफ संगिता रेग्मी हुन सफल हुनुभएको छ । अजा एक कार्यक्रमका विच भ्वाइस अफ शिशु निकेतनका उपाधि विजेता उपविजेता तथा उत्कृष्ठहरुलाई पुरस्कार वितरण गरीएको थियो ।
भित्र पस्नुहोस

स्याङजा सहयोग समाजद्वारा खेलाडी सम्मान

दोहा
 इद उल फित्रको अवसरमा कतारमा आयोजित भलिवल प्रतियोगिताका विजयी एवं सहभागी खेलाडीहरूलाई स्याङजा सहयोग समाज (स्यासस) कतारले गत साता एक विशेष कार्यक्रमकाविच सम्मान गरेको छ ।
स्याससका अध्यक्ष गुरु नारायण रानाभाटले खेलको भावना र स्याससको भावना दुवै मैत्रीपुर्ण रहेको चर्चा गर्दै जिल्लाको प्रतिष्ठाका लागि खेलाडीले धेरै मेहनत गरेको बताए । ‘स्याससको चाहना विशुद्व सामाजिक सेवाको भावना’को मर्म अनुसार काम गर्दै जाने प्रतिबद्वता ब्यक्त गर्दै रानाभाटले खेलाडीलाई वधाई तथा शुभकामनाब्यक्त गरे । सो अवसरमा प्रमुख अतिथि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का महासचिव विल गुरुङले स्याङजाका खेलाडीले खेलबाट धेरैको मन जितेको बताए ।
भित्र पस्नुहोस