Saturday, February 5, 2011

वालिङ् महोत्सवमा ग्रामीण क्षेत्र बासिन्दाको उल्लेख्य सहभागिता

प्रकाश डोटेल/स्याङ्जा्,२२,माघ
स्याङ्जाको वालिङ्मा संचालन भइरहेको क्षेत्रिय औद्योगीक, कृषिर्, पर्यटन, साँस्कृति, सुचना प्रबिधि एंव व्यापार मेलामा आयोजकले स्थानिय स्तरमा भएका कलासंस्कृतिको प्रतिभालाई जर्गेना गरेका कारण महोत्सवमा ग्रामीण क्षेत्रका स्थानियवासिन्दाको उल्लेख्य सहभागि रहेको थियो ।
स्याङ्जाको व्यापारिक केन्द्र बिन्दु मानिएको वालिङ्मा संचालन गरिएको तेस्रो वालिङ् महोत्सवमा आयोजकले स्थानिय कला संस्कृतिको जर्गेना र लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्ने माध्याम बनाउने उद्देश्यका साथ जिल्ला स्तरीय हाजिरि जवाफ प्रतियोगिता तथा नृत्य प्रतियागिता, समावेशन गरेको पछि स्थानियवासिन्दाको उल्लेख्य सहभागिता रहेको हो ।
महोत्सवले जिल्ला भरमा रहेका सरकारी तथा नीजि बिद्यालयको नृत्य प्रतियोगिता र जिल्लामा रहेका बिभिन्न जन-जातिको संस्कृति झल्कने झाँकी तथा नाच-गानका साथै बिद्यालय स्तरिय हाजिरि जवाफ प्रतियोगिता दैनिक रुपले पर्रदर्शनी गरिएको थियो । बिद्यालयहरुले प्रस्तुत गरेका नृत्यले स्थानिय कला र संस्कृतिको जानकारी दिदा दर्शकहरुको अकर्षाको केन्द्र बिन्दु बन्न सफल भएको थियो । 
भित्र पस्नुहोस

लुटपाट गर्न आएका तीनजना, हतियारसहित प्रहरीद्वारा पक्राउ

स्याङजा, माघ २१ गते
श्रीकृष्णगण्डकी-८ स्थित बट्डाँडा भन्ने स्थानमा शेरबहादुर थापाको घरमा हातहतियारसहित लुटपाट गर्न आएका ३ जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा थुमपोखरा-८ कमलडाँडा बस्ने नारायण अर्याल, श्रीकृष्णगण्डकी-८ बस्ने आशाबहादुर लामा र सिउरुम-८ बस्ने साजन मगर रहेका छन् । आज बिहान सवा २ बजे केही व्यक्तिहरु लुटपाट गर्न आएको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई स्थानीयवासीको सहयोगमा युएसए लेखेको पेस्तोल १ थान, त्यसको गोली ३ राउण्ड, माछापुच्छ्रे बैंकको खाली चेक २ थान, नारायण अर्यालको साथबाट जनमुक्ति सेनाको परिचयपत्र १ थान र युनिटी लाईफको परिचयपत्र १ थान लगायतका बिभिन्न सरसामानहरुसहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले आबश्यक अनुसन्धान गरिरहेको छ ।

निःशुल्क आँखा शिविर सम्पन्न

(लोकनाथ मरासिनी) 
स्याङ्जा, माघ २१ - लायन्स कल्ब अफ सेन्ट्रल भ्याली पोखरा र हिमालयन आखाँ अस्पताल घारीपाटन पोखराको प्रविधिक सहयोगमा ध्रुवोदय बोडिङ्ग स्कुल लामागे स्याङ्जामा शुक्रबार निःशुल्क आखाँ शिविर सम्पन्न भएको छ ।

सम्पन्न शिविरमा सदरमुका स्याङ्जा बजार आसपासका २ सय ६१ आखाँका विरामिहरुको आँखा जाँच गरीएको छ । जाँच गरीएका सम्पुर्णलाई निःशुल्क औषधि वितरण गर्नुका साथै ९५ जनालाई चस्मा समेत वितरण गरीएको थियो ।

विरामिहरुमध्य अपरेशन गर्नुपर्ने २५ जना विरामिहरुलाई आजै पोखरा लागिएको र उनिहरुको सम्पुर्ण खर्च लायन्स कल्ब अफ सेन्ट्रल भ्याली पोखाराले बेहोर्ने कल्बका शामजी शर्माले जानकारी दिनुभएको छ । शिविर कल्बका अध्यक्ष दिवाकर जैसीको अध्यक्षतामा सम्पन्न भएको हो ।

अस्पताल निर्माणका लागि महायज्ञ

(लोकनाथ मरासिनी)
स्याङ्जा, माघ २१ - 
अुधिखोला बिकास तथा वातावरण स्वच्छता समुह गार्डेन ले सेतिदोभान ३ स्याङ्जामा श्रीमदभागवत महापुराण धन धान्यााचल ज्ञान महायज्ञ २०६७ आयोजना गर्ने भएको छ ।
समुहले सेतिदोभान बजारमा अस्पताल निर्माणका लागि महायज्ञको आयोजना गर्न लागेको शुक्रबार स्याङ्जाबजारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
ज्ञान महायज्ञ फागुन १३ गतेदेखि २० गते सम्म संचालन हुने छ । अस्पतालको अभाबमा उपचारको खोजीमा पोखरा पाल्पा र काठमाडौ धाउनु पर्ने बाध्यताको अन्त्य गर्न महायज्ञको आयोजना गरिएको पत्रकार सम्मेलनमा मुल आयोजक समितिका अध्यक्ष टिकाराम ढकालले बताउनुभयो ।
भित्र पस्नुहोस

जनप्रदीप क्याम्पसमा महायज्ञ सुरु, पहिलो दिनमै ८ लाख बढि रकम संकलन

(लोकनाथ मरासिनी)
स्याङ्जा, माघ २१ - 
स्याङ्जाको चिलाउनेबास गाउँ विकास समिति ३ स्थित जनप्रदीप बहुमुखि क्याम्पसमा शुक्रबारबाट श्रीमदभागवत सप्ताहा धान्याचल ज्ञान महायज्ञ सुरु भएको छ । उच्च माविको भौतिक पूर्वाधार विकास व्यवस्थित पुस्तकालय प्राविधिक शिक्षालय र वाणिज्य संकाय थप गर्नका लागि संचालन गरीएको महायज्ञमाको पहिलो दिननै ८ लाख बढि रकम संकलन भएको छ ।
नेपालकै सुप्रसिद्ध भागवताचार्य गुरुदेव शान्तिदुत अध्यात्म शिरोमणि पं। श्री रामकृष्ण उपाध्याय ले शुक्रबार देखि माघ २८ गतेसम्म ७ दिनसम्म कथा बाचन गर्ने छन् । आर्थिक अभाव वा अन्य कारणले उच्च शिक्षा प्राप्त गर्नबाट बाचीत छोरा बुहारी एवं युवाहरुलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि आर्थिक अभाव भएकाले सहयोग संकलनका लागि सुरु गरीएको यज्ञको जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले शुक्रबार एक कार्यक्रमका विच उदघाटन गरे ।
भित्र पस्नुहोस