Saturday, February 21, 2009

नेपाली काङ्रेस को भेला सम्पन्न

गल्याङ- नेपाली कङ्रेस तुलसीभन्ज्याङ गाबिसको आयोजनामा नेपाली कङ्रेसका सक्रिय कार्यक्रता भेला बुधवार जिमुहामा सम्पन्न गरियो । कार्यक्रममा नेपाली कङ्रेसका छेत्रीय सभापति देवीप्रशाद भट्टराइले कार्यक्रतालाई कुनै पनि समयमा बिपीको बिचार लाई नछोडी सँघर्स गर्न कार्यक्रतालाई आग्रह गर्नु भयो। भेलामा छेत्रीय सचिब लछमणप्रशाद भट्टराई, महधिबेसन प्रतिनिधि लालगोपाल अर्याल, नेपाली कङ्रेस जिल्ला सदस्य महेन्द्र श्रेष्ठ , नेपाल बिधार्थी संघ जिल्ला सभापति गुरुप्रशाद भट्टराई , सचिब टिकाराम अधिकारी , नेपाल महिला संघ तुलसिभन्ज्याङ गाउ सभापति लछ्मी ढकाल कार्यक्रता ओम नारायण अधिकारी , लीला बल्लव अधिकारी , चिरिन्जिबी कडेल लगायतले गाउ गाउमा संगठन सुद्रिढकरण गरेर जानु पर्ने र पार्टीमा यथास्तिथी बिचार परिवर्तन गरेर अगाडि बड्नु पर्ने कुरामा समेत जोड दिएका थिए । कार्यक्रमको अध्यछतामा नेपाली कङ्रेस तुलसिभन्ज्याङ गाउ बिकास समितिका सभापति पुरुसोत्तम खनालले गर्नु भएको थियो ।

आलमदेबी आमा समुहको दोस्रो वार्षिकोत्सब तथा दोस्रो अधिबेसन सम्पन्न

स्याङ्जा जिल्ला तुलसी भञ्ज्याङ गाबिस वडा न२ स्थित आलमदेबी आमा समुहको दोस्रो वार्षिकोत्सब तथा दोस्रो अधिबेसन शुक्रबार तुलसी भञ्ज्याङमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी तारादेवी प्राबिका प्र अ ठाकुर प्रशाद अधिकारीले समाज निर्माणमा महिलाको महत्वपूर्ण भूमिका रहेको बताउदै समाज परिवर्तन गर्न महिलाले चुलो चौकाको काम भन्दा माथि उठेर अगाडि बद्नु पर्ने कुरामा जोड दिनु भयो कार्यक्रममा तारादेवी आमा समुहकी अध्यछ टिका कुमारी बराल, चन्द्रज्योती यूवा क्लबका सदस्य उत्तम बराल, जुन तारा युवा क्लबका सचिब बिना अधिकारी, कोसाध्यछ सिता अधिकारी , समाजसेवी नुल्देव अधिकारी खेमराज अधिकारी आलमदेवी महिला समुहकी सदस्य गंगा अधिकारी सरिता अधिकारी लगायतकाले समाज सन्रचनामा महिलाको अग्रणी भूमिका रहने र आधा भन्दा बडी आकाश ढाकेका नारिलाई राज्यले सम्मान गर्न नसकेको कुरामा जोड दिएका थिए संस्थाका सचिब खुमादेवी अधिकारएे ले संस्थाको आयब्याय प्रस्तुत गर्नु भएको कार्यक्रममा मैसोरी गाहाको अध्यछतामा ११ सदस्य नयाँ कार्य समिती चयन गरिएको छ समितिको उपाध्यछमा चन्द्रकला अधिकारी ,सचिबमा खुमादेवी अधिकारी शाहअसचिबमा लीला अधिकारी कोसध्यछमा पबिसरा गाहा तथा सदस्यहरुमा सरिता अर्याल, सरिता अधिकारी बिष्णु अधिकारी , देवी अधिकारी ,चन्द्रकला थापा रहनु भएको छ कार्यक्रम को अध्यछता आलमदेवी आमा समुहकी अध्यछ मैसोरी गर्नु भएको थियो ।