Tuesday, August 5, 2008

स्याङ्जामा सडकमै रोपाइ


तपाईं हामीले कुनै सरकारी निकाय एबम ब्याक्तीहरुको बिरोधमा नाराबाजी गर्दै बिरोधमा उत्रिएको देखेका छौ तर स्याङ्जा सदरमुकाम पुतली बजार नगरपालिका १ शाहीद चोकमा स्थानियवासिले बिरोधको सैली परिवर्तन गर्दै फरक शैलिमा बिरोध स्वरुप सडकमै रोपाइ गरेका छन जिल्ला सदरमुकाममा रहेको पुतली बजार नगरपालिका कार्यालयले नगर क्षेत्र भित्रको सडक निर्माण, मर्मत तथा फोहोर पानीको निकास नालीलाई ब्यवस्थित बनाउन नसकेको बिरोधमा नगरवासिले मुल सडक मै रोपाइ गरी नगरपालिका बिरुद्द ब्याग्य गरेका हुन बिरोधमा नगरबासी ले सडकमा रोपाइ गर्दै कोदोको साना बिरुवा रोपेका थिए पुतली बजार नगरपालिका -१ शाहीद्चोक सिद्दार्थ राजमार्ग अन्तर्गतको सडकमा रेडक्रस जाने कच्ची सडकको माटो बर्षाको समयमा बगेर सडकमा केही महिना देखी थुप्रिएको थियो महिनौ हुँदा समेटा नगरपलिकाले सडक सफा गर्ने पहल नगरेको भन्दै बिरोधमा उत्रिएका उनिहरुले नाराबाजी भने गरेनन नगरपालिकामा थुप्रै समस्या छन कार्यकारी अधिक्रित खगेन्द्रराज घिमिरेले भने नगरपालिका छेत्रका सड्क निर्माण मर्मत नाली ब्यवस्थापनका लागि बजेटको अभाब छ गएको बर्षको बजेट सकिएको छ चालु बर्षको बजेटमा मर्मत तथा ब्यवस्थापनमा बजेट बिनियोजित गरिने छ स्थानियवासिले बिरोधमा सडक रोपाइ गरे पछी नगरपालिका कार्यालयले त्यस छेत्रमा रहेको सड्क नाली सफा गर्न थालिसकेको छ नेपाल रेडक्रस जाने कच्ची बाटोमा ट्याक्टर हिडदा उक्त समस्या देखिएको हो सडक सफा गर्दा रेड्क्रसको भवन निर्माण कार्य प्रभाबित भएको छ भने शाहीदचोक देखी चौकी सम्म गरिएको रोपाइजात्रा का क्रममा केहीबेर सडक यातायात समेटा अबरुद्द बन्न पुगेको थियो



साभार खोजतलास