Thursday, February 17, 2011

स्वार्थले गठित सरकार धेरै दिन टिक्दैन: श्रेष्ठ

स्वार्थको भकारीका विचमा वर्तमान सत्ता गठबन्धनमा पुगेका दलहरु १/२ हप्ताभित्र विभाजनको रेखा कोर्छन

प्रकाश डोटेल स्याङ्जा–५, फागुन
नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले वर्तमान सरकार शक्तिको स्वार्थमा गठन भएको जिकिर गरेका छन् । उनले नेकपा एमालेको एउटा झुन्ड र एकीकृत नेकपा माओवादीका केहि नेताको स्वार्थमा बनेको सरकारको आयु त्यत्ति लामो नभएको समेत दावी गरेका छन् ।
नेपाली काँग्रेसको भातृ संगठन नेपाल भूतपुर्व सैनिक संघ स्याङ्जाको ५ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै केन्द्रिय सदस्य श्रेष्ठले उक्त कुरा बताएका हुन् । एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई देशको प्रशासन चलाउने स्वार्थ छ, श्रेष्ठले भने, त्यही स्वार्थ पुरा गर्नका लागि त्यी दुई एक ठाउँमा आएका हुन् ।
स्वार्थको भकारीका विचमा वर्तमान सत्ता गठबन्धनमा पुगेका दलहरु १/२ हप्ताभित्र विभाजनको रेखा कोर्छन । काँग्रेसका पुर्व केन्द्रिय उपसभापति समेत रहेका श्रेष्ठले अगाडी थपे, स्वार्थ पुराभएपछि शान्ति प्रक्रियालाई तार्किक निष्र्कषमा पु¥याउन र तोकिएको समयमा संविधान जारी गर्न नसकेपछि प्रतिक्रान्तिकारीले काम गर्न दिएन भन्दै उनीहरु सत्ता छाड्ने छ्न ।
भित्र पस्नुहोस

ईमान्दार करदातालाई सम्मानको वातावरण मिलाउनुपर्छ

प्रकाश डोटेल स्याङ्जा–५, फागुन
देशको आर्थिक मेरुदण्डको रुपमा रहेको राजश्व संकलनलाई व्यवहारिक र प्रभावकारी बनाउन राज्यले इमान्दारीता पुर्वक कर बुझाउने करदातालाई सम्मान गर्ने वातावरण मिलाउन स्थानिय व्यवसायीहरुले आग्रह गरेका छन् । राज्यलाई इमान्दारीता पुर्वक कर बुझाउने र छलछाम गर्नेमा कुनै भिन्नता छैन् । यहाँ भएको कर सम्बन्धी अन्तरक्रियामा बोल्दै व्यवसायी भने, ईमान्दार करदातालाई सम्मान नपाएकाले व्यवसायीहरुमा कर बुझाउनमा अल्छीपन बढ्दो छ । राज्यबाट कुशल कार्यको मुल्याङ्कन भएको छैन् । त्यो अल्छीपनालाई हटाउन सम्मानको वातावरण मिलाउनु पर्छ ।
स्याङ्जाको वालिङ् उद्योग बाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय पोखराको संयुक्त आयोजना गरेको कर सम्वन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रममा व्यवसायीहरुले यस्तो धारण राखेका हुन् । नेपाल सरकारले करको दायरा फराकिलो र दिगो बनाउनका लागि कर तिर्ने व्यवसायीलाइ सम्मान गर्न सकेमा मात्रै करको दिगोपना हुनेछ । 
भित्र पस्नुहोस

महायज्ञमा तीनदिनमै ४० लाख संकलन

प्रकाश डोटेल स्याङ्जा–५, फागुन
स्याङ्जाको दार्सिङ दहथुम गाविसमा रहेको दहथुम बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि बयरघारीमा मंलबारबाट शुरु भएको श्रीमद् भाग्वत ज्ञान महायज्ञको तेस्रो दिन विहिबार सम्ममा झण्डै ४० लाख संकलन भएको छ । महायज्ञ सुरु भएको तेस्रो दिनसम्ममा करिव ४० लाख आर्थिक संकलन भएको प्रचारप्रसार उपसमितिका सचिव श्यामकाजी अधिकारीले जानकारी दिए । हालसम्म कालिका सामुदायिक अस्पताल हेलुका संरक्षक एवं चाटर्ड एकाउण्टेन्ट खुमाप्रसाद अर्यालले सबै भन्दा बढि १५ लाख ५० हजार एक रुपैया दान गरेका छन् ।
दहथुम बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि आयोजना गरिएको महायज्ञ फागनु १० सम्म संचालन हुनेछ । महायज्ञ अवधिमा करिव १ करोड संकलन गर्ने लक्ष्य लिईएको मुल आयोजक समितिले जनाएका छ ।