Friday, July 15, 2011

बाघको आक्रमणका कारण ज्यान गुमाएकालाई राहत प्रदान

स्याङ्जा, ३० असार । दाउरा खोज्न जङ्गलमा जाँदा बाघको आक्रमणबाट ज्यान गुमाएकी स्याङ्जाको वाङसिङ गाविस-२ निवासी ६० वर्षीया आइतकुमारी कामीका परिवारलाई राहत वितरण गरिएको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका विसं २०६६ अनुसार राष्ट्रिय निकुाज तथा वन्यजन्तु संरक्षण विभागबाट प्राप्त रु एक लाख ५० हजारको चेक मृतकका परिवारलाई प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेत र स्थानीय विकास अधिकारी रामजीप्रसाद बरालले संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो । विसं २०६८ जेठ २० गते आइतकुमारीले बाघको आक्रमणबाट ज्यान गुमाएकी थिइन् ।

वालिङ नगरपालिकाले साउन १ बाट एकीकृत सम्पत्ति कर लगाउने

स्याङ्जा, २९ असार । वालिङ नगरपालिकाले आगामी साउन १ गतेबाट एकीकृत सम्पत्ति कर प्रणाली लागु गर्ने भएको छ । त्यसको लागि सम्पूर्ण तयारी पूरा भइसकेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको आन्तरिक राजस्व स्रोतमा वृद्धि गरी नगरपालिका क्षेत्रको विकास निर्माणका लागि थप मद्दत पुर् याउन साउन १ गतेदेखि एकीकृत सम्पत्ति कर लगाउने तयारी गरिएको वालिङ नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रदीप पौडेलले जानकारी दिनुभयो । स्थानीय स्वायत्त शासन ऐनमा उल्लेख भएअनुसार नेपालका ५८ वटै नगरपालिकाले आफ्नो आन्तरिक स्रोत बलियो बनाउन नगर क्षेत्रभित्र रहेका जग्गा र उक्त जग्गामा बनेका घर टहरा भवनलगायतमा तोकिएबमोजिम लगाइने करलाई एकीकृत सम्पत्ति कर भनिने कार्यकारी अधिकृत पौडेलले बताउनुभयो ।
भित्र पस्नुहोस

वालिङमा एम्बुलेन्स सेवा सुरु

स्याङ्जा, २८ असार । स्याङ्जाको वालिङमा रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वित्तीय सेवासँगै एम्बुलेन्स सेवा पनि संचालनमा ल्याएको छ । सो संस्थाले बैङ्किङ सेवासँगै स्वास्थ्य सेवा पनि अपरिहार्य भएकोले एम्बुलेन्स सेवा पनि संचालनमा ल्याएको जानकारी संस्थाका अध्यक्ष पुण्यप्रसाद अर्यालले दिनुभयो ।
भित्र पस्नुहोस

कास्की मुस्ताङ

स्याङ्जा, २७ असार । पोखराबाट स्याङ्जातर्फ आउँदै गरेको बसले स्याङ्जाबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइललाई आज दिउँसो फेदीखोला-२ कुखुरेखोलामा ठक्कर दिँंदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार ना ३ ख ५८०० नम्बरको बसले ग ४ प ८१६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
भित्र पस्नुहोस

हँसिया प्रहारबाट वृद्धाको हत्या

स्याङ्जा, २७ असार । स्याङ्जाको वालिङ नगरपालिका-६ का ७० वर्षीया टीकाकुमारी मस्स्राङ्गी मगरको हँसिया प्रहारबाट गएराति हत्या भएको छ । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक तपनकुमार दाहालका अनुसार वालिङ नगरपालिका-८ बस्ने वर्ष ५० का दुर्गाबहादुर थापाले मस्स्राङ्गीलाई सामान्य आपसी विवादका कारण हँसिया प्रहार गरेर हत्या गरेका हुन् ।
भित्र पस्नुहोस

राम्दी पुलको मर्मत कार्य सुरु

स्याङ्जा, २७ असार । स्याङ्जा र छिमेकी जिल्ला पाल्पा जोड्ने सिद्धार्थ राजमार्गको राम्दी पुलको निर्माण भएको ४० वर्षपछि अहिले मर्मत कार्य सुरु गरिएको छ ।स्याङ्जा र पाल्पा जिल्लालाई जोड्नका लागि विसं २०२८ मा निर्माण सम्पन्न भई साचालनमा आएको राम्दीस्थित कालीगण्डकी नदीमा रहेको उक्त पुलको मर्मतको ठेक्का पाएको काठमाडाँैस्थित गौरीपार्वती हिमालयन इन्जिनियरिङ कम्पनीले पुल मर्मतका काम हरु सुरु भएको छ ।
भित्र पस्नुहोस

बाँदरको हैरानी पछि कृषकहरु कफी खेतीमा

स्याङ्जा, २७ असार । वर्षभरि दुःख गरेर लगाएको खेती भित्रुउने बेलामा बाँदरले लथालिङ्ग पार्दा हैरान भएका पश्चिम स्याङ्जा सिसे्रकोट गाविसका कृषकहरुले परम्परागत खेतीलाई छोडी व्यावसायिकरुपमा कफी खेतीको सुरु गरेका छन् । कफी खेतीमा बाँदरले पनि केही बिगार्न नसक्ने महसुस गरी त्यस गाउँका सर्वसाधारणहरुले मिलेर पाखापखेरामा कफी खेती गर्न सुरु गरेका हुन् ।
भित्र पस्नुहोस

अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर प्रदान

स्याङ्जा, २६ असार । स्याङ्जाको वालिङ तथा आसपासका अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वीलचेयर वितरण गरिएको छ । रोटरी क्लब अफ पोखरा फिस्टेलको आर्थिक सहयोग तथा समुदायमा आधारित पुनःस्थापना केन्द्र सिबिआरएसको आयोजनामा जिल्लाको वालिङ नगरपालिका जगतभाज्याङ स्वरेक क्याक्मी चिन्नेवास तीनदोबाटे तुलसीभाज्याङ र जगत्रदेवी गाविसका ११ जना शारीरिक अपाङ्गता भएकाहरुलाई ह्वील चेयर वितरण गरिएको हो ।
भित्र पस्नुहोस

युवाहरुलाई ९ लाख हस्तान्तरण

स्याङ्जा, २४ असार । जिल्ला पशु सेवा कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०६७÷०६८ को युवा स्वरोजगार कार्यक्रमअन्तर्गतको रकम छनोट भएका ५१ जना उद्यमीलाई प्रदान गरेको छ । जिल्लाका ठुलाडिही चण्डिभन्ज्याङ रापाकोट आरुचौर चिलाउनेबास रत्नपुर पिढीँखोला सिसे्रकोट दरौ क्याक्मी चित्रेभन्ज्याङ साँखर सेखामलगायतका २४ गाउँ विकास समितिका उद्यमी युवायुवतीलाई अनुदान रकम हस्तान्तरण गरेको जिल्ला पशुसेवा कार्यालय स्याङ्जाका प्रमुख डा कल्याणकुमार श्रेष्ठले बताउनुभयो ।
भित्र पस्नुहोस

पहिरोले पोल बगाएपछि १० दिनदेखि बिजुली छैन

स्याङ्जा, २४ असार । केही दिनदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले बिजुलीको पोल बगाउँदा स्याङ्जाको जगतभन्ज्याङ गाविस वडा नं १ र २ का बासिन्दा १० दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका छन् । जगतभन्ज्याङ वडा नं १ स्थित स्थानीय गणेश प्राथमिक विद्यालयनजिक रहेको पोल पहिरोले बगाएपछि त्यस क्षेत्रका झन्डै डेढसय घरपरिवार अन्धकारमा बस्न बाध्य भएका हुन् ।

विद्युत् सेवा अवरुद्ध भएको सम्बन्धित निकायलाई जानकारी गराउँदासमेत कुनै चासो नदेखाएको गुनासो सेवाग्राहीले गरेका छन् ।
भित्र पस्नुहोस