Saturday, August 21, 2010

अनेरास्ववियु क्षेत्रीय अध्यक्षमा गौतम चयन

   (लोकनाथ मरासिनी), भदौ ५ स्याङ्जा । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु क्षेत्र नं १ स्याङ्जाको क्षेत्रीय सम्मेलन पारस गौतमको संयोजकत्वमा ३१ सदस्यीय नयाँ कार्य समिति निर्माण गर्दै सम्पन्न भएको छ । सम्पन्न सम्मेलनले उपाध्यक्षमा उज्वल पनेरु सचिवमा शिवप्रसाद गौतम सह-सचिवमा चन्द्रबहादुर थापा कोषध्यक्षमा प्रतिज्ञा अधिकारीलाई चयन गरेको छ ।

सम्मेलनबाट सदस्यहरुमा कमल ढकाल विक्रम परियार रोशन परियार जनक ढकाल सिता परियार सुवास कार्की जमुना क्षेत्री दिनेश सुनाम रामु भण्डारी मुवारक मियँ अमृता लामिछाने अर्जुन सुवेदी देवेन्द्र परियार रमेश परियार रिता ढकाल सवित्री पौडेल अन्जु ढकाल सुनिता ढकाल सुरज अधिकारी सुर्य पौडललाई चयन भएका छन् ।
भित्र पस्नुहोस

सिद्धार्थ राजमार्ग अवरुद्ध

प्रकाश डोटेल स्याङ्जा, ६ भाद्र

     स्याङ्जाको पुतलीबजार र वालिङ् बजार अर्न्तगतको छाङ्छाङ्दीमा सद्धार्थ राजमार्गको अवरुद्ध पारिएको छ। शनिवार विहान ग १ ख ६२२१ नम्बरको माईक्रोबसले छाङ्छाङ्दी गाविस वडा नं.–२ निवासी वर्ष ५२ का बुद्धिसागर रेग्मीलाई ठक्कर दिदा उनको मृत्यु भएपछि उनका आफन्तले उचित क्षतिपुर्तिको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन्। माईक्रोबसको ठक्करबाट गभ्भिर घाईते भएका रेग्मीको पोखरामा उपचारको क्रममा आज मृत्यु भएको हो। राजमार्ग विहान ९ तिसबाट बन्द भएको हो।
राजमर्ग अवरुद्ध भएपछि हजारौं यात्रुहरु अलपत्र परेका छन्। राजमार्ग सुचारु गर्न स्थानिय प्रशासनले सम्बन्धीत पक्षसँग वार्ता शुरु गरेको छ। बन्द क्षेत्रमा तनाव हुन नदिन स्थानिय प्रशासनले व्यापक रुपमा प्रहरी परिचालन गरेको छ।

राजनीतिक निकासलाई सहकार्य र एकता आवश्यक: उपप्रधानमन्त्री कोइराला

'मुलुकको लोकतन्त्र अत्यन्तै कमजोर बन्दै गएको छ, त्यसैले बिदेशी शक्तिहरुले पनि नेपालमाथी चलखेल गरिरहेका छन्'

प्रकाश डोटेल स्याङ्जा, ५ भदौ
कामचलाउ सरकारकी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले वर्तमान समयमा देखिएको राजनीतिक अन्योलतालाई हटाउन ठुला तीन दलका विचमा सहकार्य र एकताको आवश्यकता रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेसको अगामी १२ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा पश्चात पहिलोपटक स्याङ्जा आउनुभएकी उपप्रधानमन्त्री कोइरालाले नेपालका राजनीतिक दलहरुबीच एकता नहुँदा नेपालको लोकतन्त्र कमजोर भएको बताउँदै, कोइरालाले अगाडी थप्नुभयो, राजनीतिक दलहरुबीचको आपसी मनमुटाबका कारण मुलुकमा लोकतन्त्र अत्यन्तै कमजोर बन्दै गएको छ ।
महामन्त्रीको उम्मेदवारीको प्रचार गर्न नेपाली काँग्रेस पार्टी कार्यालय स्याङ्जामा आएर कार्यक्रर्तालाई सम्बोधन गर्दै कोईरालाले उक्त कुरा बताउनुभएको हो ।
भित्र पस्नुहोस