Sunday, May 2, 2010

घाँस काटन जाँदा भीरबाट चिपलेर मृत्यु

स्याङ्जा- १९ बैशाख
                  घाँस काटन जाँदा भीरबाट चिप्लेर  स्याङ्जामा आइतबार एक जना महिलाको ज्यान गएको छ । आरुखर्क गाउँ विकास समिति वडा  नं २ रापु निवासी स्थानिय माया पौडेलको घर नजिकै रहेको काल्छेछहरा भन्ने स्थानमा घास काटदै गर्दा  भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । मृतक पौडेलका श्रीमान हाल बैदेशिक रोजगारमा रहनुभएको छ ।

(स्याङ्जा एफ. एफ. ८९.६ मेगाहर्ज)

स्याङ्जामा माओवादीको आन्दोलनको कारण कक्षा १२ को परीक्षा स्थगित

                  स्याङ्जामा माओवादीको आन्दोलनको कारण कक्षा १२ को परीक्षा स्थगित भएको छ । ५७ वटा उच्चमावि र क्याम्पसका करीव ५ हजार विद्यार्थीको लागि १३ परीक्षा केन्द्र तोकिएको थियो ।
बन्दको कारण यातायातको साधन नचलेपछि टाढा-टाढाबाट हिडेर विद्यार्थी परीक्षा दिन परीक्षा केन्द्र पुगेका थिए । परीक्षाको लागि प्रश्नपत्र समेत बाडिसकेपछि क्रान्तिकारी विद्यार्थी संघले आएर परीक्षा सञ्चालन गर्न नदिएपछि विद्यार्थी अन्योलमा परेका थिए । पौवेगौडेकी सुशीला रेग्मिले भनिन 'पढेर आएको परीक्षा दिन नपाएपछि तनाव भएको छ ।' परीक्षा दिन नपाएका आक्रोसित विद्यार्थीले चोकमा परीक्षा दिन पाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।
नाराबाजीकै क्रममा उनीहरुले आफूहरुलाई क्षतिपूर्ती दिनु पर्ने बताए ।

स्याङ्जाका युवाहरु व्यवस्थीत खेल मैदान बनाउन सक्रिय

          राम्रो खेल मैदानको अभावमा खेल क्षेत्रमा स्याङ्जा पछाडि परेको महशुस गर्दै स्याङ्जाका युवाहरु व्यवस्थीत खेल मैदान बनाउन सक्रियताका साथ अगाडि बढेका छन् । पतुतलिबाजर नगरपालिका वडा नंं १ प्रगतिनगरमा रहेको इन्र्जेटिभ युवा क्लबको सक्रियतामा स्याङ्जाको मालेवगरमा रहेको खेल मैदानलाई व्यवस्थीत गर्ने कार्यमा युवहरु लागेका हुन् । विगत लामो समयदेखि खेलकुदको क्षेत्रमा क्रियाशिल सो क्लबले क्लबकै कार्यसमितिलाई मैदान निर्माण समितिका रुपमा परिणत गरी मैदान निर्माणमा जुटेको छ । पुतलिबजार नगरपालिकको ८ लाख रुपैयाँ आर्थिक सहायोग तथा स्थानिय युवहरुको श्रमदानमा गरी सो कार्य सम्पन्न गर्ने लक्ष्य लिएको समितिका अध्यक्ष निर्मलकुमार शेरचनले जानकारी दिनुभयो । त्यस्तै ५ सदस्यीय मैदान निर्माण अनुगमन समिति समेत गठन गरीएको छ । जसमा वेदप्रसाद दोरङ, नवराज सुवेदी , गरीधारी पोखरेल, रमण श्रेष्ठ, प्रविण जङ अधिकारी रहनुभएको छ ।

स्याङ्जा एफ. एफ. ८९.६ मेगाहर्ज