Monday, November 22, 2010

पोखरा भ्यालीद्धारा उपाधि कब्जा


(लोकनाथ मरासिनी) 
स्याङ्जा, मंसिर ६ - 
खेलको पहिलो हाफमै पोखरा भ्यालीको तर्फबाट राजकुमार घिसिङले गरेको १ मात्रै गोलको मद्धतले उपाधि उचालेको भ्यालीले नगद ५० हजार १ सय १ प्रप्त गरेको छ । वालिङ् खेल मैदानमा सम्पन्न फाइनल प्रतिस्पर्धामा १ गोलको पराजय व्योहोरेपछि उपाधि नजिक पुगेको घरेलु टोलि ट्रिनिटिले भने उपविजेतामा चिक्त बझाएको छ । उपविजेता आयोजक ट्रिनिटिले ३० हजार १ सय १ नगद प्रप्त गर्‍यो । उक्त प्रतियोगितामा भकुण्डे ए तितृय हुँदै १५ हजार र होराइजन सान्तवना हुदै १० हजार नगद पुरस्कार प्रप्त गरेका छन् । तृतिय र सान्तवनका लागि भएको आजको खेलमा भकुण्डे ए ले होराइजनलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।
भित्र पस्नुहोस

फोटो सहितको नामावली संकलनमा कुल मतदातामध्यबाट आधाभन्दा कम सहभागि


(लोकनाथ मरासिनी) 
स्याङ्जा, मंसिर ६ - 
जिल्ला निर्वाचन कार्यलय स्याङ्जा मार्फत २०६७ साल भदौ ५ गतेदेखि कार्तिक २९ गतेसम्म संचालन भएको नामावली संकलन कार्यमा पुतलिबजारबाट १३ हजार ३ सय ३७ र वालिङ्बाट ९ हजार २ सय ६२ गरी २२ हजार ५ सय ९९ जनाले फोटो खिचाएका हुन् । 
देशका विभिन्न जिल्लाहरुमा लागु भएको पहिलो चरणको मतदाता नामावलि संकलन कार्य अन्र्तगत स्याङ्जाका २ नगरपालिकाका सम्पुर्ण वडाहरुमा ३३ केन्द्रहरुबाट मतदाता नामावलि संकलन गरीएको थियो । जिल्ला निर्वाचन कार्यलय स्याङ्जाको नामावली दर्ता विवरण तथ्याकं अनुसार २०६३ को मतदाता संख्याका आधारमा फोटो सहितको मतदाता नामावलि संकलन कार्यक्रमा सहभागि हुने मतदाताको संख्या भने आधाभन्दा पनि कम देखिएको छ । 
दुबै नगरपालिकामा गरी २०६३ को मतदाता संख्या ४५ हजार १ सय ५८ रहेकोमा फोटो खिचाउने मतदाताको संख्या २२ हजार ५ सय ९९ सय मात्रै रहेको छ । साथै दुबै नगरपालिकाबाट फोटो सहितको मतदाता नामावलि संकलन कार्यक्रममा छुट भएकाहरुको जिल्ला निर्वाचन कार्यलय स्याङ्जा मार्फत अहिलेपनि संकलन कार्य जारी रहेको जिल्ला निर्वाचन कार्यलय स्याङ्जाले जनाएको छ ।
भित्र पस्नुहोस

एकृकित सत्रु जिव व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न


(लोकनाथ मरासिनी)
स्याङ्जा, मंसिर ४ - कारितास नेपालद्धारा संचालित दिगो कृषि बहुउद्धेशिय सहकारी संस्था पंचमुलले एकृकित सत्रु जिव व्यवस्थापन सम्बन्धि ६ महिने तालिम सम्पन्न गरेको छ ।  


धान तथा तरकारी व्यवसायलाई आधुनिकरण गर्ने, रोग किराको व्यवस्थापन तथा सचेतिकरणका लागि पंचमुल रापाकोट र आरुचौरमा २१ ओटा पाठशालाको संचालन गरी तालिम सम्पन्न गरीएको हो । २१ ओटा पाठशाला मध्ये १२ मा धान तथा १० मा तरकारीमा परिक्षण सहित तालिम गरीएको थियो । किसानको खेतबारीमै गई प्रत्येक चरणको प्रत्यक्ष अवलोकन गर्दा सत्रु जिव व्यवस्थापन प्रविधिबाट तरकारीमा ३०० प्रतिशत सम्म र धानमा ६० प्रतिशत सम्म उत्पादनमा बृद्धि भएको देखिएको जनाइएको छ ।
भित्र पस्नुहोस

उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड नाफामा


(लोकनाथ मरासिनी)
स्याङ्जा, मंसिर ४ -  स्याङ्जाको वालिङमा प्रधान कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३२ लाख ८० हजार ९ सय रुपैँया नाफा कमाउन सफल भएको छ ।
गतवर्षको तुलनामा १ करोड ३४ लाख ७० हजार रुपैँया आम्दानीमा बृद्धि भई १० प्रतिशतले हुने रकम जगेडा केाषमा जम्मा गरी बैंकले ३२ लाख नाफा कमाउन सफल भएको आज बैकंको १८ औ साधरण सभामा जानकारी गराइएको हो ।
भित्र पस्नुहोस