Wednesday, September 22, 2010

बन्दिद्धारा बहिरालाई सहयोग

(लोकनाथ मरासिनी) असोज, स्याङ्जा ६ - जिल्ला कारागार स्याङ्जामा रहेका कैदि बन्दीहरुले आफ्नो रासनपानि बापतको केहि रकम बचाएर जिल्लामा रहेका बहिराहरुलाई सहयोग गरेका छन् ।
स्याङ्जा बहिरा संघ मार्फत चण्डीकालिका बहिरा प्रथमिक विद्यालयमा अध्यनरत १५ जना विद्यार्थिहरुलाई उनीहरुको पढाईमा केहि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरीएको हो ।
जिल्ला कारागार स्याङ्जामा रहेका बन्दिहरुले संकलन गरेको रु आठ सय रुपैया स्याङ्जा बहिरासंघ मार्फत हस्तान्तरण गरीएको संघका अध्यक्ष इश्वर श्रेष्ठले जानकारी दिएका छन् ।

सङ्कल्पको अध्यक्षमा रेग्मी

लोकनाथ मरासिनी- असोज, स्याङ्जा ६ - एचआईभी एड्सको क्षेत्रमा क्रियाशिल सङ्कल्प सहयोग समुह स्याङ्जाको पाँचौ वार्षिक साधरण सभा तथा तेस्रो अधिवेशन बुधबार स्याङ्जा सदरमुकाममा सम्पन्न भएको छ ।
साधारण सभाले संक्रमितहरुलाई संगठित गर्ने उद्देश्यले टिका रेग्मीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा मनुका शाही, सचीवमा लक्ष्मण खाँड, सहसचिवमा कासिराम रेग्मी, सदस्यहरुमा पान्डव केसी, धनिसंह सारुलगायत रहेका छन् ।
भित्र पस्नुहोस