Wednesday, December 8, 2010

जलमाफियाहरुले काम गर्न नदिदा लोडसेडिङ बढ्यो -उर्जा राज्यमन्त्री

(लोकनाथ मरासिनी)
स्याङ्जा, मंसिर २२ - 
देशमा बढ्दै गएको लोडसेडिङ्गलाई कम गर्न सरकारले विभिन्न योजना ल्याएपनि जलमाफियाहरुले काम गर्न नदिएको उर्जा राज्यमन्त्री चन्द्रिसं भट्टराईले आरोप लगाएका छन् ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ पश्चिमाञ्चलको सातौ क्षेत्रिय अधिवेशनको उद्घाटन गर्दै राज्यमन्त्री भट्टराईले बुधबार स्याङ्जामा उक्त कुरा बताउनु बताएका हुन् ।
देशमा संविधान बन्न र सरकार गठनको प्रकि्रयाले पुर्णता नपाउनुमा माओवादी र नेकपा एमाले दोषि रहेको उनको भनाई छ । उनले माओवादीले लोकतान्त्रिक धारलाई नीतिगत रुपमा स्वीकार नगरेसम्म देशले निकास नपाउने बताए ।
भित्र पस्नुहोस

राष्ट्रिय निर्माण दिवसको अबसरमा फलफुल वितरण

(लोकनाथ मरासिनी)
स्याङ्जा मंसिर २२ - 

स्याङ्जा निर्माण ब्यवसायी संघले सदरमुकाम स्याङ्जामा विरामी अपाङ्ग र कारागारका बन्दीहरुलाई बुधबार स्याङ्जामा फलफुल वितरण गरेको छ । संघको राष्ट्रिय निर्माण दिवसको दिन पारेर स्याङ्जा जिल्ला अस्पताल जिल्ला सदरमुकाममा रहेका अपाङ् र कारगारमा रहेका बन्दीलाई फलफुल बितरण गरेको हो ।
अस्पतालका तीन विरामी कारागारका ४० बन्दी र विभिन्न संस्थामा रहेका २५ अपाङ्गलाई फलफुल वितरण गरेको हो । स्याङ्जा निर्माण व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष एकनारायण बगालेको नेतृत्वमा गएको निर्माण व्यवसायीहरुको टोलीले दिवसको अवसरमा फलफुल वितरण गरेको स्याङ्जा निर्माण व्यवसायी संघका सदस्य भगवतप्रकाश मल्लले जानकारी दिनुभयो ।