Friday, August 6, 2010

अर्धवर्षिकी तरकारी खेतिबाट मनग्य आम्दानि

(लोकनाथ मरासिनी)
स्याङ्जा, साउन २० - स्याङ्जाको छाङ्छाङ्दी गाउँविकास समिति वडा नं ४ धरमपानीका कृषकहरु अर्धवर्षिकी तरकारी खेतिबाट मनग्य आम्दानि गर्न सफल भएका छन् । वर्षयामको समयमा मात्रै अर्धवार्षिकी रुपमा तरकारी खेती गर्दै आएका उनिहरुले अहिले राम्रो अर्थोपार्जन गर्न सफल भएका हुन् । उक्त स्थानका कृषकहरु हिउँदको समयमा पानीको समस्या हुने भएकोले वर्षाको समयमा मात्र व्यवसायिक रुपमा तरकारी खेती गर्ने गरेका छन् ।
भित्र पस्नुहोस

बालिकाको बेबारिशे शव फेला पर्‍यो

(लोकनाथ मरासिनी)
स्याङ्जा, साउन २० - स्याङ्जाको गल्याङ्मा विहिबार एक बालिकाको बेबारिशे शव फेला परेको छ । पेलाकोट गाउँ विकास समिति वडा नं. ९ तल्लो गल्याङ्मा अन्दाजि ६/७ महिनाको बालिकाको शव फेला परेको हो । स्थानिय कृषकहरुले खेतामा काम गर्ने क्रममा फेला पारेको उक्त बालिकालाई कसैले हत्या गरी फयाकेको हुन सक्ने अनुमान गरीएको छ । बच्चा कस्ले फ्याकेको हो भन्ने बार अनुसन्धान भइरहेको गल्याङ्ग प्रहरीले जनाएको छ ।