Sunday, November 21, 2010

बाल अधिकार दिवस

(लोकनाथ मरासिनी) 
स्याङजा, मंसिर ४ - जिल्ला बालकल्याण समिति स्याङ्जाले अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा स्याङ्जामा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । "हामी सवैको सरोकार नयाँ संविधानमा बाल अधिकार" भन्ने नाराका साथ शनिबार स्याङ्जा सदरमुकाममा बाल र्‍ यालि, सभा, बालनृत्य तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । 
भित्र पस्नुहोस

माओवदी व्यवाहारप्रति दुःख व्यक्त

(लोकनाथ मरासिनी) 
स्याङ्जा, मंसिर ४ -  बृद्धि प्रतिभा र विबेक प्रयोग गरिनु पर्ने राष्ट्रिय चौतारी व्यवस्थापिका संसदमा बल प्रयोग गरीदा शान्ति प्रेमी नेपाली जनतालाई झस्काएको राष्ट्रिय प्रजातन्त्र पार्टि नेपाल संसदीय दलका नेता चन्द्रबहादुर गुरुङ्ले बताउनुभएको छ ।
भित्र पस्नुहोस

पानीको समस्याले विस्थापितको अवस्थामा

(लोकनाथ मरासिनी)
स्याङ्जा, मंसिर ४- पिउनुका साथै बस्तुभाउ र बालीनालीका लागि पानी नभएपछि स्याङ्जाको छाङछाङ्दी गाउँविकास समिति वडा नं. ४ का २० परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।

५८ घरपरिवार रहेको धरमपानीमा २६ घर र मन्स्याङकोटमा ३८ घर गरी कुल ६४ घरधुरी रहेको छाङ्छाङ्दी गाउँविकास समिति वडा नं. ४ का स्थानीय बासी खेती गर्न मलिलो माटो भएपनि सिाचाई समस्याले आत्तिएर पानी अभावकै कारण गाउँ छाड्ने अवस्थामा पुगेका हुन् । 
भित्र पस्नुहोस

शान्ति सम्झौता भएको ४ वार्ष पुरा

(लोकनाथ मरासिनी)
स्याङ्जा, मंसिर ४ - 
भोलि मंङ्सिर ५ गते नेपाल सरकार र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी ले शान्ति सम्झौतामा हस्ताक्षर गर्दै मुलुकमा दिगो शान्ति र लोकतन्त्रको स्थापना गर्ने प्रतिबद्धता जनाएको ४ बर्ष पुरा हुने दिन ।

भित्र पस्नुहोस

वालिङ् नगरपालिको अनुदानमा २५ प्रतिशत वृद्धि हुने

स्याङ्जा, ४ मङ्सिर -
    स्याङ्जाको वालिङस्थित नगरपालिकाले आगामी बजेटमा २५ प्रतिसत थप अनुदान बढी पाउने भएको छ । स्थानीय विकास मन्त्रालयले वार्षिक रुपमा गर्ने एमसिपिएम सामाजिक परीक्षण कार्यक्रममा पश्चिमााचलमा पहिलो र राष्ट्रियस्तरमा साताँ स्थानमा पर्न सफल भएकाले अनुदानमा २५ प्रतिशत थप पाउने भएको हो ।
सामाजिक परीक्षणको नतिजाको बारेमा जानकारी दिन नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका कार्यकारी अधिकृत मुक्तिराम आचार्यले भन्नुभयो- "स्थानीय विकास मन्त्रालयले राखेको एमसिपिएमको सर्तअनुसार सामाजिक परीक्षणको कार्यविधि लेखाको आयव्यय र योजना तर्जुमा पूरा गरेकाले नगरपालिका पश्चिमाञ्चलमै पहिलो भै नियमित अनुदानमा २५ प्रतिसत वृद्धि हुने पक्कापक्की भएको हो" ।
भित्र पस्नुहोस