Saturday, February 14, 2009

जीप दुर्घटनामा १५ घाइते

वालिङ,३ फागुन स्याङजाको तीनदोबाटे-९ करादीमा आज जिप दर्ुघटना हँुदा १५ यात्रु घाइते भएका छन् । स्याङजाको पक्वादी -५ डुविनडाँडाबाट गल्याङ् बजारतर्फआउँंदै गरेको लु१ज ९५३ को सो जिप सडकबाट २०० मिटर तल खसेको थियो । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि पोखरा पठाइएको छ भने अन्यको स्याङजामै उपचार भैरहेको छ । जिपमा क्षमताभन्दा बढी भार भएका कारण दर्ुघटना भएको ट्राफिक कार्यालय, स्याङ्जाले जनाएको छ ।

नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री स्याङ्जामा

ँएकदलीय शासन लाद्न खोजियो’ स्याङ्जा - कांग्रेस नेता शेरबहादुर देउवाले माओवादीले एकदलीय शासन लाद्न खोजेको आरोप लगाएका छन् । उनले सरकारको नेतृत्व गरेको माओवादीले अझै धम्की र आतंकको व्यवहार नत्याग्दा प्रजातन्त्र संकटमा परेको बताए । 'माओवादी धम्की र त्रासको भरमा एकदलीय शासन लाद्ने प्रयास गरिहेको छ,' नेपाल राष्ट्रिय मगर संघ स्याङ्जाको शनिबार प्रथम जिल्ला अधिवेशनमा देउवाले भने, 'तर कांग्रेसले त्यसलाई कदापि सफल हुन दिने छैन ।' उनले कांग्रेसबाहेक अन्य दलले प्रजातन्त्रको रक्षा गर्न र टिकाउन नसक्ने दाबी गरे । कांग्रेसका अर्का नेता गोपालमान श्रेष्ठले प्रधानमन्त्री दाहालले माओवादी लडाकुको सलामी लिएर नेपाली सेनाको मनोबल गिराउने काम गरेको बताए । सरकार सक्षम नहुँदा देशमा महँगी, भ्रष्टाचार, असुरक्षा र आतंक बढेको आरोप लगाउँदै उनले त्यसको मारमा सर्वसाधारण परेको बताए । 'गृहमन्त्रीले युथफोर्स र प्रधानमन्त्रीले वाईसीएलको नेतृत्व गरेर देशमा आतंक मच्याएका छन्,' उनले भने । अधिवेशनका सहभागीले राज्य निर्माणमा योगदान गरेका मगर समुदायलाई सरकारले उपेक्षा गरेको गुनासो गर्दै हक हित ग्यारेन्टी गर्न सरकारसँग माग गरे ।
साभार कान्तिपुर

स्याङ्जा जिल्लाको सबै गाविसमा मोटरबाटो

स्याङ्जा, फागुन ३ - जिल्लाको सबै गाविसमा सडक पुगेको छ । जिल्ला विकास समितिको अनुदान र स्थानीयवासीको श्रमदानमा जिल्लाका ६० गाविसमा कच्ची सडक पुगेको हो । २०४९ देखि सबै गाविसलाई सदरमुकामसँग जोड्न सडक खन्न सुरु गरिएको थियो । झन्डै १ हजार किलोमिटर बाटो बनाइएको जिल्ला विकास समितिले जनाएको छ । तीमध्ये केही सडकमा कालोपत्रे गरिएको छ । करिब १ सय ३५ शाखा सडकमा जिप, ट्याक्टर र बसलगायत यातायातका साधन चल्ने गरेका छन् । गाउँमै मोटर चल्न थालेपछि स्थानीयवास्ाीको जीवनस्तरमा परिवर्तन आएको छ । दिनरात पसिना बगाउँदा पनि घर खर्च नपुग्ने ओरेस्टीकी नन्दकला पौडेलको गाउँ बाटो बनेसँगै जीवनस्तरमा सुधार आएको छ । सदरमुकामदेखि ६ घन्टा टाढा बारीका तरकारी र फलफूल सजिलै बजारमा लगेर बिक्री गर्न थालेपछि उनका दिन फेरिएका हुन् । 'बाटो बनेपछि तरकारी बेचेर महिनामा ३ हजार रुपैयाँ आम्दानी हुन्छ, घरखर्च चलाउन सजिलो भएको छ,' पौडेलले भनिन्, 'पहिला बेच्न नसकेर बारीमा कुहिएर झर्ने भएकाले नोक्सानीमात्रै हुन्थ्यो ।' बाटाले गाउँलेको जीवनस्तरमा कायापलट भएको स्थानीयवासीले बताए । 'बाटो नहुँदा समयमै अस्पताल लैजान नसकेर बिरामीको मृत्यु हुने गथ्र्यो,' प्रतिभा समूह चिलाउनेबासका अध्यक्ष मोती पौडेलले भने, 'अहिले बिरामीलाई सजिलै अस्पताल लान र उत्पादन बजारमा पुर्‍याउन सजिलो भएको छ ।' साभार कान्तिपुर