Tuesday, September 14, 2010

भाईरल ज्वरोको प्रकोप बढेपछि विद्यालय बन्द

स्याङ्जाको पंचमुलमा एक साता देखि भाईरल ज्वरोको प्रकोप उच्च रुपमा फैलिएपछि जनहित निमावि ४ दिनदेखि बन्द भएको छ ।
ज्वरोका कारण विद्यालय बन्द हुँदा त्रैमासिक परीक्षा समेत प्रभावित भएको छ ।
दैनिक जसो एक सय ५० को हाराहारीमा भाईरल ज्वरोका विरामीहरु उपचारका लागि आउने गरेको पाचमुल प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर डिल्लीराम अधिकारीले जानकारी दिनुभयो ।
यस्तै स्वास्थ्य केन्द्रमा सामान्य रुघाखोकीको औषधीको समेत अभाव भएको छ । कतिपय बिरामीहरु सदरमुकाम स्याङ्जा तथा पोखरा उपचार गर्न जाने गरेका छन् ।

गरिमा बैंकले एटिएम सेवा ल्याउने तयारीमा

स्याङ्गजा २३ भाद्र
गरिमा विकास बैंकले एटिएम सेवा छिट्टै संचालनमा ल्याउने तयारीमा रहेको जनाएको छ ।
स्याङ्जाको प्रमुख व्यपारीक केन्द्रमा रहेको वालिमा स्थापना गरेर आफ्नो सेवा संचालनमा ल्याएको बैंकले स्थापना भएको करिव तिन बर्षमै एटिएम सेवा संचालनमा ल्याउने भएको हो ।
बैकले पहलोपटक स्याङ्जाको वालिङ्सदरमुकाम पुतलीबजार र पोखरामा गरि तिन ठाँउमा एटिएम सेवा संचालनमा ल्याउने बैकका अध्यक्ष जलेश्वर पाण्डेले जानकारी दिए । अध्यक्ष पाण्डेका अनुसार तिन ठाँउमा एटिएम संचालनमा ल्याउदा करिव ४० लाख खर्च हुने बताए ।
भित्र पस्नुहोस