Sunday, June 13, 2010

अखिल अध्यक्षमा मुबारक

    स्याङजा- स्याङ्जा बहुमुखी क्याम्पसमा स्याङ्जामा आइतबार सम्पन्न नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुको एक भेलाले क्याम्पसमा प्रराम्भिक कमिटी गठन गरेको छ । कमिटीको अध्यक्षमा मुबारक मियाँ रहनुभएको छ । सचिव लक्ष्मी नेपालीलगायत गरी ३१ सदस्यीय रहेको अनेरास्ववियु स्याङ्जाले जनाएको छ ।

गठन कार्यक्रममा नेकपा एमाले स्याङ्जाका उपसचिव सुधीर पौडेल अनेरास्ववीयु स्याङ्जाका अध्यक्ष नारायण भट्ट्राई सचिवलय सदस्य विश्वनाथ अर्याललगायतले बोल्नुभएको थियो ।
अनेरास्ववियु स्याङ्जाले सोमबार भानुभक्त क्याम्पसमा आयोजना गरेको क्षेत्रिय भेलाको तयारी पुरा भएको जनाएको छ । अध्यक्ष नारायण भटट्राईले दिएको जानकारी अनुसार भेलामा क्षेत्र नं ३ का विद्यालय तथा क्याम्पसहरुबाट भेलामा ३५० जना प्रतिनिधिहरु सहभागि हुने छन् ।

बैंकमा पैसा राख्नेलाई मुक्तिनाथको तीर्थ

       स्याङजा-मुक्तिनाथ विकास बैंकले खाता खोलेर ५ लाख रुपैयाँ जम्मा गर्ने ग्राहकलाई मुक्तिनाथ मन्दिरको तीर्थयात्रा गराएको छ ।

बैंकको स्याङ्जा कास्की र तनहुँमा रहेका विभिन्न शाखामा मुद्दति खातामा कम्तीमा ५ लाख बचत गर्नेमध्ये २३ जना ग्राहकहरुलाई मन्दिरको दर्शनमा सहभागी गराएको हो । बैंकले आक्रर्षक खाता संचालनमा ल्याएपछि केन्द्रीय कार्यालय पोखरामा २ जना स्याङ्जा शाखामा १ जना गल्याङ् शाखामा १० जना हरिचोक शाखामा ४ जना डुम्रे शाखामा १ जना र दुलेगौडा शाखामा २ जनाले खाता खोलेका ग्राहक तथा कर्मचारीसहित संचालकसमेत गरी २३ जनाले मन्दिरको दर्शन गरेका हुन् ।
स्याङ्जा जिल्लाकै पहिलो नीजि क्षेत्रमा स्थापना भएको मुक्तिनाथ विकास बैंकले आफ्नो चौथो वार्षिक उत्सवकॊ अवसरमा उक्त योजना सार्वजनिक गरेको थियो ।

माहुरीपालनतर्फ किसानहरु आकर्षित

     स्याङ्जा, जेठ २९ - धन कमाउन विदेश धाउनु पर्दैन गाउँघरमा लाखौं कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् स्याङ्जा पुतलीबजार नगरपालिकाको सतौंचण्डिकाका किसान । उनीहरु घरमै माहुरीपालन गरी राम्रै आयआर्जन गर्न सफल भएका छन् ।

यहाँका किसानले मह बिक्री गरेर दैनिक घरखर्चदेखि बालबालिकाको पढाइखर्च जुटाइ केही रकम बचत गरिरहेका छन् । थोरै मेहनत र सानो लगानीमा राम्रो आर्जन गर्नसक्ने भएपछि हिजोआज सतौंचण्डीकाका किसान माहुरीपालनतर्फ निकै आकर्षित भएका हुन् ।
भित्र पस्नुहोस

ट्रकले किच्दा एक गम्भीर घाइते

     स्याङ्जा, जेठ २९ -  स्याङ्जा सदरमुकामको पुतलीबजार नगरपालिकास्थित शहिद चोकमा आज विहान ट्रकले किच्दा एकजना गम्भीर घाइते भएका छन् ।

पुतलीबजार नगरपालिका वडा नम्बर ४ मजुवा बस्ने ५८ वर्षीय सुकबहादुर आलेमगरलाई ग १ ख १२७६ नम्बरको ट्रकले किच्दा घाइते मगरका घुँडामुनि दुवैखुट्टा क्षतविक्षत भएका छन् ।
घाइते मगरलाई जिल्ला अस्पताल स्याङ्जामा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरास्थित चरक अस्पतालमा पठाइएको छ । ट्रक र चालक राजेशकुमार शाहलाई जिल्ला प्रहरी कार्यालयले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।