Friday, November 12, 2010

स्याङ्जामा मोटरसाईकल दुर्घटना, ३ घाईते........


Rjan Paudel पुतली बजार नगर पालीका ४ सिहालेमा दुइ मोटर साइकल शनिबार एक आपसमा ठोकिदा तिन जना घाइते भएका छन् । घाइतेहरुमा एकको अवस्था गम्भिर रहेका छ । पोखराबाट स्याङ्जा तर्फ आइरहेको ग ५ प २१५१ नम्बरको मोटरसाइकल बिपरित दिशाबाट आएको ग ३ प ३५४५ न...म्बरको मोटर साइकलसगँ ठोकिदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेहरुमा वालिङ् नगर पालिका ९ का लोक नाथ अर्याल, दाङ् बीजौरि ३ का बिशेषण ओली र स्याङ्जाका धन बहादुर परियार रहेका छन् ।
घाइते अर्यालको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल स्याङ्जामा उपचार भैरहेको छ ।

कामचलाउ सरकारले नै पुर्ण बजेट ल्याउने: कांग्रेस सभापति

कामचलाउ सरकारसँग स्पष्ट बहुमत कायम रहेकाले माओवदी विरोधका बाबजुत पनि बजेट पास हुने

लोकनाथ मरासिनी कार्तिक २६ स्याङ्जा
नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाले देश आर्थिक रुपमा संकटमा पर्दै गएकाले कामचलाउ सरकारलेनै पुर्ण बजेट ल्याउने बताउनुभएको छ । बजेट ल्याउने बारेमा कामचलाउ सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले छलफललाई तिव्र पारीरहेका बेला कोइरलाको यस्तो अभिव्यत्ति सार्वजनिक भएको हो । स्याङ्जाको सेतिदोभान २ जुग्लेमा कांग्रेस कार्यकर्ता स्व. डाँसीराम पौडेलको वार्षिक पुण्यतिथिमा सहभागि हुन जाने क्रममा स्याङ्जाको कुभिण्डेमा अयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति कोइरलाले कामचलाउ सरकारसँग स्पष्ट बहुमत कायम रहेकाले माओवदी विरोधका बाबजुत पनि बजेट पास हुने दाबि गर्नुभएको हो ।
भित्र पस्नुहोस