Saturday, June 19, 2010

बाढीले बगाएर आमाछोरीको मृत्यु

   ६ असार, स्याङ्जा । खोलामा आएको बाढीले बगाएर स्याङ्जाको आरुचौर गाविस-४ का आमाछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीया मीना पौडेल र उहाँकी १७ वर्षीया छोरी माया रहेको स्थानियवासीले बताएका छन् ।

गएराति खेत रोपेर घर फर्कदै गरेको अवस्थामा उहाँहरुलाई ठूलापधेरा भन्ने स्थानबाट बिरखर्क नामको खोलाले बगाएको हो । गएराति खोलाले बगाएर बेपत्ता भएका पौडेल आमाछोरीको शव आइतबार विहान करिब २ किलोमिटर तल भेटिएको थियो ।

स्याङ्जामा प्रस्तावना लेखन सम्बन्धि तालिम सुरु

ॐ शान्ति सृजना नारी सीप विकास संस्थाको आयोजनामा आज देखि स्याङ्जामा प्रस्तावना लेखन सम्बन्धि तालिम सुरु भएको छ । प्रस्तावना लेखन सम्बन्धि विस्तृत जानकारी दिने उद्देश्यले रोशनि आवसीय उच्च मावि प्रगतिनगरको सभाहलमा सुरु भएको तालिममा प्रशिक्षर्थिहरुको उल्लेख्य सहभागिता रहेको जनाइएको छ । तालिममा गैर सरकारी संस्था महासंघ स्याङ्जाका जिल्ला सचिव विश्व पौडेलले प्रशिक्षण प्रदान गर्नुभएको छ । तालिममा एक जापनी महिला सहितको सहभागिता रहेको संस्थाले जनाएको छ ।

अरनिको माध्यामिक विद्यालय राङ्गभाङ्गको भेला सम्पन्न

अरनिको माध्यामिक विद्यालय राङ्गभाङ्ग स्याङ्जामा आज सम्पन्न एक भेलाले विद्यालय व्यवस्थापन समिति गठन, शिक्षक अभिभावक संघ गठन तथा विभिन्न किसिमका छात्रवृतिहरु वितरण गर्ने निर्णय गरेको छ । सम्पन्न भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बालकुमार गुरुङ्लाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा सदस्यमा पदमबहादुर थापा, कुलबहादुर थापा, नन्दकला परियार, टिकाबहादुर भुजेल, मेखबहादुर थापा, खुमबहादुर थापा, तापबहादुर थाप रहनुभएको विद्यालयले जनाएको छ ।
भित्र पस्नुहोस