Sunday, August 3, 2008

एकको मृत्यु अर्को कोमामा

दोहा, स्याङ्जा जिल्लाबाट रोजगारीमा आएका दर्ुइ नेपाली कामदार गाडीको दर्ुघटनामा परेर हमाद अस्पतालमा भर्ना भएकोमा एकको निधन भएको छ भने अर्का अचेत अवस्थामा कोमामा छन् । स्याङ्जा सेवा समाजका सदस्य भविश्वर रानाका अनुसार नातामा उनका दाजु पर्ने बानेथोक देउरालीका ४५ वषर्ीय हुमबहादुर रानाको सोमबार बेलुका निधन भएको छ । उनी सल्वा रोडस्थित एक कम्पनीमा लोड-अनलोड गरिरहेका बेला हुकमा च्यापिएका थिए । जुलाई १२ मा भएको उक्त दर्ुघटनापछि उनलाई उपचारमा राखिएको थियो । ६ महिनाअघि रोजगारीमा कतार आएका उनी बितेका २० दिन अचेत अवस्थामा थिए । यस्तै, स्याङ्जा क्याक्मी घर भएका ३० वषर्ीय कुलबहादुर थापा पनि सनैयास्थित एक कम्पनीमा कार्यरत रह“दा गाडी दर्ुघटनाबाट अचेत अवस्थामै अस्पताल भर्ना भएका हुन् । झन्डै दर्ुइ साता अघिको घटनापछि उनलाई कोमामा राखिएको रानाले बताए । मृतक हुमबहादुरको शव लैजान र अशक्त रहेका कुलबहादुरको स्वास्थ्य उपचारमा आवश्यक सहयोगका लागि समाजले सबै स्याङ्जालीस“ग आग्रह गरेको छ ।