Wednesday, April 28, 2010

मृगौला पिडितलाई स्याङजा सहयोग समाजको सहयोग

प्रेम लामा÷दोहा

                   दुवै मृगौलामा खरावीका कारण हमाद अस्पतालमा उपचाररत मनाकामना–७ स्याङजाका ३७ बर्षिय रिम बहादुर गुरुङ्गलाई स्याङजा सहयोग समाज (स्यासस) ले उल्लेख्य आर्थिक सहयोग गरेको छ ।
स्याससको समाज सेवा अभियान अन्तर्गत गुरुङलाई १ हजार २ सय ६४ कतारी रियाल आर्थिक सहयोग गरिएको अध्यक्ष गुरु नारायण रानाभाटले बताए । अध्यक्ष रानाभाट, उपाध्यक्ष प्रकाश श्रेष्ठ, कोषाध्यक्ष कमलराज रेग्मी र कार्यसमिति सदस्य गोप सुनारसहितको टोलीले गत साता गुरुङको निवासमै पुगी सो सहयोग गरेका हुन् ।
यसैविच, कतारका दयालु नेपालीजनहरुवाट गुरुङलाई थप सहयोग प्राप्त भइरहेको छ । उनको उपचारको लागि नेपाली जनप्रगतिशी मञ्च कतारको अलमासिला इकाई समितीका सचिव कमल वहादुर राउतको विशेष सक्रियतामा १ सय ७ कतारी रियाल सहयोग प्राप्त भएको गुरुङले बताए ।

साभार नेपाल कतार अनलाइन