Thursday, April 29, 2010

आँधीखोलामा पौडी खैल्दै गर्दा डुबेर मृत्यु

            स्याङ्जा वैशाख १६ । स्याङ्जाको वालिङस्थित आँधीखोलामा पौडी खैल्दै गर्दा डुबेर बुधबार साँझ एक युवकको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठका अनुसार मृत्यु हुनेमा छाङ्छाङ्दी गाविस-१ तीलडाँडाका ४० वर्षीय लोकबहादुर सार्की रहेका छन् ।

प्रहरीका अनुसार वालिङ नगरपालिका-३ शीतलनगर तलको आँधीखोला किनारमा पौडी खेल्दै गर्दा अकस्मात डुबेपछि प्रहरी र स्थानीयवासीले सार्कीको शवलाई बाहिर निकालेका थिए ।