Monday, May 3, 2010

माओवादी कार्यकर्ताको आन्दोलनको दोस्रो दिन

                        स्याङ्जा बजारको महेन्द्र चोक मा माओवादी कार्यकर्ता गीत गायेर नाच्दै

फोटो : बसन्ती बस्तोला (कान्तिपुर्)

दोस्रो दिन स्याङ्जाको जनजिवन प्रभाबित

         स्याङ्जा, वैशाख 20-  एकिकृत नेकपा माओबादीले शूरु गरेको अनिश्चितकालीन आमहड्तालको दोस्रो दिन आज स्याङ्जाको जनजिवन बिहानै देखि प्रभाबित भएको छ । एकिकृत नेकपा माओबादीका कार्यक्रर्ताद्धारा सडकमा पर्दशन गरीरहेका छन् । बन्दका कारण सवारी साधन, कलकारखाना, बजारहरु पुर्ण रुपले ठप्प रहेको छ । स्याङ्जाको पुतलिबाजर, वालिङ्, गल्याङ् लगायतका व्यापारीक स्थानहरु तथा सिद्धार्थ राजमार्ग सुनसान रहेको छ । बन्दले स्कुल तथा कलेजहरु बन्द भएपछि फुर्सदिला बनेका विद्यार्थीहरु राजमार्गमा क्रिकेट तथा फुटबल खेलिरहेको देखिन्छ भने बन्दले टाढा टाढा बाट आउने सेवग्रहीहरु नआएपछि स्याङ्जाका प्रया सरकारी कार्यलयहरु समेत सुनसान भएका छन् ।

(स्याङ्जा एफ. एफ. ८९.६ मेगाहर्ज  )

थप तस्विर हरु --

भित्र पस्नुहोस