Saturday, April 24, 2010

नव वर्षमा बाडखोलाद्वारा आयोजित खुला भालिबलको उपाधि आँधीखोला तमु समाज स्याङ्जाले जितेको छ । तमु समाजले रावि 'ए' लाई ३-१ ले हराएर उपाधि जितेको हो ।

आगोले १० घर नष्ट

स्याङ्जा, वैशाख ११ -

         मनकामना ६ टर्लेमा आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् । १० गते दिउसो लागेको आगोबाट करीव २० लाख रुपैयाको क्षति भएको समाजसेवी कृष्ण खाँडले बताए ।
प्रहरी र स्थानियबासीको सकि्रयतामा ८ घण्टापछि गय राति २ बजे आगो नियन्त्रणमा आएको थियो । खाना पकाउने क्रममा बाटुली विकले बक्ति बालेर माथिल्लो तलामा तरकारी लिन जाने क्रममा बत्तीको आगो घरको छानामा सल्किपछि गाँउभरि फैलिएको थियो । आगोबाट ४० कुखुरा, खाद्यन्न र लत्ताकपडा नष्ट भएका छन् ।

बसन्ती बाँस्तोला (Kantipur)

स्याङ्जा जिल्ला बन्द

      स्याङ्जा- नेकपा माओवादी (मातृका) पक्षले दोषिलाई कारवाहि नगरेको भन्दै जिल्ला बन्द गराएका छन् । केहि समय पहिले माओवादी र वाईसीएलले मातृका पक्षका भिम चापागाईको घरमा आक्रमण गरी परीवार र छिमेकीलाई घाईते बनाएका थिए । हिजो उनीहरुलाई प्रहरीले कारवाहि नगरेको विरोधमा उनीहरुले जिल्ला बन्द गराएका हुन् । जिल्लामा यातायातका साधन र पसल ठप्प थियो

बन्द बाट पूर्ण रुप मा जिल्ला प्रभावित रह्यो हिँसा को  घटना भने भएन |