Monday, October 25, 2010

निकाश नआउने संविधानसभाको औचित्य समाप्तः गुरुङ्

प्रकाश डोटेल स्याङ्जा–८, कार्त्तिक
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संसदीय दलका नेता चन्द्रबहादुर गुरुङ्गले ठुला दलका नेताहरुले मुलुकलाई निकाश दिन नसक्ने भएकाले निकाशको थलो संविधानसभाको औचित्य समाप्त भईसकेकाले ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्ने बताउनु भएको छ। दलहरुको अदुरदर्शी क्रियाकलापका कारण अहिलेको अवस्था आएको आरोप लगाउँदै उहाँले ताजा जनादेशका लागि चुनाव गराउन दवाव दिने उद्धेश्यले पार्टीले आन्दोलनको घोषणा गरेको स्पष्ट पानुभयो।
भित्र पस्नुहोस

स्याङ्जाको थुमपोखराका स्थानियबासी पुस्तकालय खोल्न कसिए

लोकनाथ मरासिनी स्याङ्जा ८ कार्तिक
आफ्नो गाउँ आफै बनाउ भन्ने मूल नाराका साथ स्याङ्जाको थुमपोखरा ४ डुम्रीस्वाँराका स्थानीयबासीहरु गाउँमा पुस्तकालय खोल्न कासिएर लागेका छन्। गाउँको शैक्षिक स्तर सुधार्ने उद्धेश्यले गाउँमा पुस्तकालय खोल्ने निर्णय गरेपछि उनिहरु पुस्तकालय संचालनमा जुटेका हुन्। स्थानीय सर्वोदय जनसेवा युवाक्लबको पहलमा गाउँका बुद्धिजिवि, समाजसेवी, युवा एवं बालबालिकाको भेलाले पुस्तकालय संचालन निर्णय गरेको हो।
भित्र पस्नुहोस

दरौका एकल महिलाहरु संगठित

प्रकाश डोटेल स्याङ्जा–८, कार्त्तिक
स्याङ्जाको दरौ गाविस भित्र रहेका एकल महिलाहरु आफ्नो हक हितका लागि भन्दै संगठित भएका छन्। दरौ कुन्चेबारीमा एक भेलाको आयोजना गरी उनिहरु मानव अधिकारको लागि महिला एकल महिला समुहमा संगठित भएका हुन्। समुह गठन कार्यक्रममा बोल्दै समुहकी जिल्ला अध्यक्ष इस्वरी चापागाईले असाहाय पिडित एकल महिलाहरु शान्ति तथा न्यायका लागि एक जुट भै अगाडि बढनुपर्ने आवश्यकता औलाउनुभएको थियो। सपन्न भेलाले शान्ति गुरुङ्गको अध्यक्षतामा ११ सदस्यीय गाविस स्तरीय एकल महिला समुह गठन गरेको छ।

पुस्तकालयलाई धार्मिक पुस्तकहरु हस्तान्तरण

स्याङ्जा - विश्व शान्ति सामुदायिक पुस्तकालय जैसीडाँडा स्याङ्जामा एक कार्यक्रमका विच विभिन्न धार्मिक पुस्तकहरु पुस्तकालयलाई हस्तान्तरण गरीएको छ । अठार पुराण तथा अन्य विभिन्न धार्मिक पुस्तकहरु हस्तान्तरण गरीएको कार्यक्रममा बोल्दै पुस्तकदाता सुनिता अर्यालले पुस्तकहरु संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा ज्यो. पंडीत कृतिप्रसाद रेग्मीले धार्मिक पुस्तक तथा १८ पुराणको महत्व बारेमा जानकारी गारउनुभएको थियो ।
भित्र पस्नुहोस