Monday, July 14, 2008

स्याङ्जामा व्याकुल माइला सम्मानित

स्याङ्जा- राष्ट्रिय गीतका रचनाकार व्याकुल माइलालाई स्याङ्जामा सम्मान गरिएको छ । सूर्योदय क्लब, स्याङ्जा साहित्य प्रतिष्ठान र सिर्जना बिसौनी साहित्यिक संस्थाको सहयोग तथा श्री शिशु निकेतन आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा बृहत् कविता गोष्ठीसमेत गरिएको थियो ।सो अवसरमा प्राज्ञ सरुभक्तले देशमा बढ्दै गएको अराजक राजनीतिलाई सही बाटोमा ल्याउन साहित्यकारले आन्दोलन गर्नुपर्ने बताए । उनले भानुभक्त आचार्यको जन्मजयन्तीमा सरकारले सार्वजनिक बिदाको व्यवस्था गरेर साहित्यिक क्षेत्रलाई सम्मान गर्नुपर्ने धारणा राखे ।कार्यक्रममा सम्मानित माइलाले नेपाली-नेपालीबीचको भ्रातृत्वलाई एउटै मालामा उन्न गीत सफल भएको बताउँदै देश रहेमात्र हामी रहन्छौं भन्ने भावनालाई आत्मसाथ गर्न सबैलाई आग्रह गरे । साभार नयाँ पत्रिका

कोरिया मा झुन्डिएर स्याङ्जाली को मृत्‍यु

साईबर स्याङ्जा- स्याङ्जा जगतदेवी-७ का कोरियामा कार्यरत ॠषिराम भण्डारी को यही जुलाई १० तारिख बिहीवार का दिन सिवाखोङदानको अवस्थित नदी किनारमा रहेको रुखमा झुन्डीएको अवस्थामा फेला परेको थियो र उनको मृत्‍युको कारण खुल्न नसकेको कुरा नेपाल कोरिया डट कममा प्रेसित समाचारले जनाएको छ उनी २००४ साल देखी कोरियामा कार्यरत थिए मृतकका बाबा आमा र एक भाई रहेको थाहा भएको छ र मृतकको कोरियामा नै दाह सस्कार १३ जुलाई मा गरिने कुरा पनि उक्त समाचारमा लेखिएको छ

प्रकोप नियन्त्रण कार्यक्रम

स्याङ्जा -कास- प्रकोप नियन्त्रण अभियान विभिन्न छ जिल्लामा ४२ परियोजना सम्पन्न भएका छन् । यूएनडीपीको सहयोगमा सुरु परियोजनाले जनसहभागिता जुटाउन सके न्यून आर्थिक मद्दतले पनि उल्लेखनीय काम गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ । जगत्रादेवी गाविसवासीले यूएनडीपीले दिएको दर्ुइ लाख ५० हजारबाट पा“च लाखको काम गरेर यस्तो उदाहरण देखाएका हुन् । आर्थिक सहयोगले काम गर्ने जाुगर मिल्यो, स्थानीय सीता नेपालीले भनिन्- पहिरोबाट गाउ“ जोगाउन हप्तौं सम्म ज्याला नलिई काम गर्‍यौं । यूएनडीपीले चितवन, मकवानपुर, र्सलाही, सिन्धुली, स्याङ्जामा र तनह“ुमा नदी नियन्त्रण, बाढीपहिरो रोकथामलगायका कार्यक्रम सञ्चालन गरेको छ ।