Thursday, April 15, 2010

मन त उही पुरानो नै हो

नया दिन हो रे आज
बिहानी को सूर्य त पुरानो नै हो

नया बर्ष को सुरुवात हुदै छ रे आज
मन त उही पुरानो नै हो

भन्छन आज हासे बर्ष भरी रुनु पर्दैन रे
अंक को परिबर्तन जस्तो लाग्छ पीढा त पुरानो नै हो
पुराना दिन बिर्सन सके नया अबश्य हो
जोडिए को पछाड़ी एक हो बाकि त सब पुरानो नै हो
भित्र पस्नुहोस