Saturday, July 10, 2010

फेदीखोलाको जोगिस्थानमा पहिरामा पुरिएर आमाछोराको मृत्यु भएको छ ।

     स्याङ्जा, अषाढ २७ - फेदीखोलाको जोगिस्थानमा पहिरामा पुरिएर आमाछोराको मृत्यु भएको छ ।

मृत्यु भएका २७ बर्षकी गंगा महत र उनको ४ बर्षका छोरा कुशल महतको नेपाली सेना र प्रहरीको ५० जनाको टोलीले उद्धार गरी शव बाहिर निकालेको छ ।
आइतबार राति १ बजे गएको पहिरोले खरबारी र कोठाले पुरेपछि उनीहरुको मृत्यु भएको थियो । मृतकको घरका अन्य ६ जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक उत्तमराज सुवेदीले बताए ।