Saturday, August 14, 2010

एमाले स्याङ्जा क्षेत्र नं १ मा मरासिनी विजयी

लोकनाथ मरासिनी, साउन ३० स्याङ्जा ,नेकपा एमाले स्याङ्जा क्षेत्र नं १ को राष्ट्रिय प्रतिनिधि परिषद सदस्यमा नारायण मरासिनी अत्याधिक मतले निर्वाचित भएका छन् । शनिबार स्याङ्जा सदरमुकाममा सम्पन्न निर्वाचनमा कुल खसेको २६३ मतमा १५४ मत हासील गर्दै मरासिनी विजयी भएका हुन भने उनका प्रतिस्पर्धिहरु यज्ञ पौडेलले ४५ रामबहादुर थापा ३४ सिमा क्षेत्रि २१ र ओम शर्माले ६ मत प्रप्त गरेका थिए ।
भित्र पस्नुहोस

एमालेले देशलाई अनिर्णयको बन्दि बनायोः श्रेष्ठ

प्रकाश डोटेल स्याङ्जा, साउन- २८

                 नेपाली काँग्रेसका उपसभापति गोपालमान श्रेष्ठले नेकपा एमालेले देशलाई अनिर्णयको बन्दी बनाएको बताउंदै, देशलाई छिटो निकास दिनका लागि भाद्र २ मा हुने प्रधानमन्त्रीको निर्वाचनमा नेपाली काँग्रेसलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस स्याङ्जाले सदरमुकाम स्थित पार्टी कार्यालयमा आयोजना गरेको नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापन तथा ओहोदाको प्रमाणपत्र वितरण कार्यक्रममा उपसभापति श्रेष्ठले प्रधानमन्त्री निर्वाचनमा तटस्थ बसेर एमालेले अन्य शक्तिलाई चलखेल गर्ने मौका दिएको आरोप लगाउनुभयो ।
भित्र पस्नुहोस