Sunday, December 19, 2010

गरिमाले सुनचाँदी कर्जा लगानी गर्ने

प्रकाश डोटेल स्याङ्जा-३, पौष
वालिङ्मा रहेको गरिमा विकास बैंकले सुनचादी धितो राखेर कर्जा लगानी गर्ने योजना ल्याएको छ । गरिमा विकास बैंक चौथो बर्षा प्रवेस गरेको उपलक्ष्यमा नयाँ कार्ययोजना अर्न्तर्गत सुनचादी कर्जा लाइ अगाडी ल्याएको हो ।
स्याङ्जाको प्रमुख व्यपारीक केन्द्र वालिङ् बजारमा दिनानुदिन नयाँ बैंकहरु आउने क्रम जारी रहेपनि उपभोक्तलाई कर्जा लगानीमा कठिनाइ हुने गरेको थियो । अति सरल तवरले कर्जा लगानी गर्ने गरिमा विकास बैंकले सुनचादी राखेर कर्जा वितरण गर्ने योजना ल्याएको हो ।
भित्र पस्नुहोस

तेस्रो वालिङ महोत्सव माघ १४ देखि

स्याङ्जा- हाम्रो गौरव हाम्रो सान वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने नाराका साथ स्याङ्जाको प्रमुख व्यापारिक केन्द्र वालिङमा तेस्रो वालिङ महोत्सव आयोजना हुने भएको छ।

वालिङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ १४ देखि २३ गतेसम्म १० दिन महोत्सव चल्नेछ। वालिङआसपासका गाविसहरुको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योगव्यापार शिक्षा स्वास्थ्य कृषि पर्यटन तथा संस्कृति आदिको प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष ल्या। यामबहादुर गुरुङले बताउनुभयो। महोत्सवमार्फत व्यापार व्यावसाय उद्योग धन्दा र उत्पादनलाई प्रवद्र्धन गर्नु महोत्सवको उद्देश्य रहेको छ।
भित्र पस्नुहोस

स्याङ्जामा सुर्तीजन्य पदार्थ सेवन विरुद्ध पदयात्रा

(लोकनाथ मरासिनी)
स्याङ्जा, पुष २ - 
सुर्तीजन्य पदार्थ सेवन विरुद्ध स्याङ्जामा शुक्रबार जनचेतनामुलक पदयात्रा लगायतका विभिन्न कार्यक्रमहरु सम्पन्न भएको भएका छन् । स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण जिल्ला साजाल स्याङ्जामा आवद्ध २२ सामाजिक संस्था र नागरिक समाजको सकि्रयतामा जनदवाव पदयात्रा तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम आयोजना गरिएको हो ।
भित्र पस्नुहोस