Saturday, October 2, 2010

स्थानियकै सक्रियतामा गोरेटो बाटो निर्माण

(लोकनाथ मरासिनी) असोज, स्याङ्जा १६ - ढापुक सिमल भन्ज्याङ्ग गाउँ विकास समिति वडा नं. ६ स्याङ्जामा स्थानियबासीको सक्रियतामा ४ किलोमिटर गोरेटो बाटो निर्माण कार्य सम्पन्न भएको छ ।
अर्जुनचौपारी गाउँ विकास समिति वडा नं. ८ भिरखर्कदेखि सिमल भन्ज्याङ्गसम्म जोडने गोरेटोबाटो गाउँ विकास समितिको ४० हजार र स्थानियको ३० हजार तथा जनश्रमदान गरी निर्माण कार्य सम्पन्न भएको हो ।
भित्र पस्नुहोस

स्याङ्जामा दासढुङ्गा प्रर्दशन, निष्पक्ष छानविन हुनुपर्नेमा दर्शकहरुको जोड

(लोकनाथ मरासिनी) असोज, स्याङ्जा १६ - तत्कालीन एमाले महासचिब मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको रहस्मय रुपमा हत्या गरीएको हो भन्ने सन्दर्भमा निर्माण भएको चलचित्र दासढुङ्गा स्याङ्जा बजारमा शुक्रबार प्रर्दशन भएको छ ।
नेकपा एमाले जिल्ला कमिटि स्याङ्जाको अयोजनामा शुक्रबार स्याङ्जाको सौगात चलचित्र हलमा च्यारीटी शो प्रदर्शन गरीएको हो । सत्य घटनामा आधारित चलचित्र हेर्न गाउँ गाउँ देखि सहरी इलाका सम्मका विभिन्न क्षेत्रमा अबद्ध व्यत्तीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
भित्र पस्नुहोस

स्याङ्जामा जिप दुर्घटना, एकको मृत्यु, तीन घाइते

स्याङ्जा, असोज १६ - वालिङबाट पर्वतको हुवासतर्फ जाँदै गरेको लु१ज ९७९ नम्बरको जिप शनिबार स्याङ्जाको थुमपोखरा-८ स्थित मैनीखोलामा दुर्घटनाग्रस्त हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
वडा प्रहरी कार्यालय वालिङका प्रहरी सहायक निरीक्षक शिव खत्रीका अनुसार मृत्यु हुनेको हालसम्म सनाखत हुन सकेको छैन ।
भित्र पस्नुहोस

चाडपर्वमा यातायात सेवालाइ सर्वसुलभ गराउने प्रतिबद्धता

स्याङ्जा, असोज १५ - चाडपर्वमा बढ्ने यात्रीको चापलाई दृष्टिगत गरी यहाँका यातायात व्यवसायीले सेवालाई सर्वसुलभ बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार सम्पन्न यातायात व्यवसायीको भेलाले प्रचलित भाडा कायम राख्ने तथा हाललाई त्यसमा वृद्धि नगर्नेलगायत नौ बुँदे सहमति जारी गरेको छ ।
भेलामा इलाका प्रशासन कार्यालयका प्रमुख केशवराज शर्मा, वडा प्रहरी कार्यालयका प्रमुख राजेन्द्र श्रेष्ठ, जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक कमल गुरुङ, आँधीखोला यातायात समितिका सचिव गुणनिधि काफ्ले सहभागी हुनुहुन्थ्यो ।
त्यसैगरी वालिङ यातायात समितिका अध्यक्ष प्रवीण गुरुङ, पश्चिमाञ्चल बस व्यवसायी समितिका एकराज सुवेदी, गण्डकी बस व्यवसायी समितिका विजय मल्ल, पृथ्वीराज मार्ग समितिका दीपक श्रेष्ठ, मिर्दी जिप समितिका यामनारायण मानन्धर रामवाच्छा, जिप समितिका रामबहादुर एसकेलगायत यातायात व्यवसायीको सहभागिता थियो ।

मुक्तिनाथद्धारा सदरमुकाममै पहिलोपटक एटिएम संचालन

(लोकनाथ मरासिनी) असोज, स्याङ्जा - स्याङ्जा सदरमुकाममौ पहिलो पटक मुक्तिनाथ विकास बैकले सोमबार देखि एटिएम कार्ड प्रयोगमा ल्याएको छ ।
आधुनिक समाज सुहाउँदो वित्तिय सेवालाई प्रभावकारी बनाउने उद्देश्यले स्याङ्जा सदरमुकाम पुतलीजार नगपालीका १ मा रहेको मुक्तिनाथ बिकास वैकले पैसा झिक्न अटोमेटेड टेलर मेसिन एटिएम सोमबारबाट संचालनमा ल्याएको हो । एटिएम संचालनामा आएपछि स्याङ्जाबासीहरुमा लामो समयदेखि पैसाको प्रतिक्षामा चेक बोकेर बैकको काउन्टरमा बस्ने पर्ने समस्या केहि हदसम्म भएपनि समाधान हुने भएको छ । वित्तिय सेवालाई प्रभावकारी बनाउने उद्देश्यले चलाउन सजिलो छिटो र जुनसुकै समय खुला रहने एटिएम कार्डको सेवा संचालनमा ल्याएको बैकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बताए ।
भित्र पस्नुहोस